आज वामीटक्सारमा विष्णु खत्री र रिना के.सी सँग दर्शकहरु नाच्ने

रामकृष्ण कंडेल,वामीटक्सार ✍️

 गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा क्रियाशील वामीटक्सार युवा क्लबले खुल्ला भलिवल तथा सांस्कृतिक कार्यक्रम १५ गते देखि सञ्चालन गरिरहेको छ l “राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ वामीटक्सार स्थित बसपार्कमा भव्यताकासाथ कार्यक्रम सञ्चालन भइरहेको छ l भलिबल खेलका लागि अहिले सम्म विभिन्न क्षेत्रहरु बाट चर्चित ३० भन्दा बढी भलिवल टिम ले  प्रतिस्पर्धाको लागि आफ्नो नाम दर्ता गरेको क्लबका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभएको छ l

 मुसिकोट नगरपालिकाको केन्द्रमा आयोजित कार्यक्रम लाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि वामीटक्सार युवा क्लवका पदाधिकारी तथा सदस्यहरु रातदिन नभनेर अनवरत रुपमा खटेको देखिन्छ l यस क्षेत्रकै गौरवको कार्यक्रम को रुपमा कार्यक्रम अगाडि बढाइएको क्लवका अध्यक्ष खत्रीले युनिक खबर डट कम लाई बताउनु भयो l हरेक दिन दर्शकहरु लाई खेलको साथसाथै सांस्कृतिक मनोरन्जन प्रदान गर्नका लागि विभिन्न क्षेत्रमा क्रियाशील कलाकारहरुले आफ्ना साङ्गितिक प्रस्तुतिहरु प्रदर्शन गर्दै आएको क्लब ले जनाएको छ l

 यसै सन्दर्भमा आज क्लवले चर्चित राष्ट्रिय कलाकार बिष्णु खत्री र लोकदोहोरी गायक रीना के.सी लाई आफ्नो कार्यक्रममा आमन्त्रण गरेको अध्यक्ष खत्रीले बताउनुभयो l निकै हृदयस्पर्शी गीत को रचना तथा गायनमा प्रख्यात बिष्णु खत्री तथा रिना के.सी का गीतहरू प्रस्तुत हुँदा आज वामीटक्सार बजार सांगीतिकमय बन्ने आँकलन गरिएको छ l युवा लोकदोहोरी गायक तथा शब्द संकलक बिष्णु खत्री का यस क्षेत्रमा निकै धेरै शुभचिन्तक तथा प्रशंसकहरु रहेको ले कार्यक्रमको अन्त्यसम्म उहाँका फ्यानहरु उहाँसँगै नाचेर मनोरञ्जन लिने विश्वास गरिएको छ l 

वामीटक्सार युवा क्लबले आफ्नो वार्षिक कार्यक्रम लाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि देश विदेशमा रहनु भएका यस क्लब सँग सम्बन्धित व्यक्तित्वहरू सँग आर्थिक,भौतिक र नैतिक सहयोगको अपेक्षा राखेको थियो l क्लब को आग्रह लाई स्वीकार गरि धेरै व्यक्तिहरूबाट सहयोगको घोषणा समेत भएको बताइएको छ l 

क्लब ले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ३३३३३ मेडल र प्रमाण पत्र,त्यसैगरी द्वितीय पुरस्कार २२२२२ मेडल तथा प्रमाणपत्र,तृतीय पुरस्कार १११११ मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ l क्लबले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता मा उत्कृष्ट खेलाडी लाई समेत विशेष सम्मान  गर्ने जनाएको छ l 

कार्यक्रमको मुख्य आकर्षणको रुपमा खुल्ला रेकर्ड डान्स प्रतियोगिता हो  l यस प्रतियोगिताको प्रथम पुरस्कार ६००० मेडल र प्रमाणपत्र,द्वितीय पुरस्कार ४००० मेडल र प्रमाणपत्र,तृतीय पुरस्कार २००० मेडल र प्रमाणपत्र साथै सान्त्वना पुरस्कार को रुपमा मायाको चिनो प्रदान गर्ने बताइएको छ l 

कार्यक्रम को उद्घाटन मुसिकोट नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्नुभएको थियो l 

मंसिर १५ देखि सुरु गरिएको कार्यक्रम १७ गते सम्पन्न गर्ने बताइए तापनि भलिवल खेलको लागि टाढा टाढा बाट धेरै समूहहरु सहभागी हुने देखिएकोले कार्यक्रम निर्धारित समयभन्दा केही दिन लम्बिने बुझिएको छ l

 क्लबले कार्यक्रममा उपस्थित हुनको लागि  यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई विशेष आग्रह गरेको छ l

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।