खेल जगत लाई माया गर्दै युवा समाजसेवी सुरेश के.सी

युवा समाजसेवी सुरेश के.सी ले यस वर्ष सुर्योदय युवा क्लब मुसिकोट नगरपालिका ८ वामीमैदान ले आयोजना गरेको २८ औं वार्षिकोत्सव कार्यक्रम मा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ l क्लब ले २८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरे पश्चात् भलिबल खेलको प्रथम पुरस्कार प्रयोजनको लागि समाजसेवी के.सी सँग आग्रह गरेको थियो उक्त आग्रह लाई सहर्ष स्वीकार्दै आफूले यस क्लवमा सानो उमेर देखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र समय सन्दर्भले आफू विदेशमा रहन बाध्य भएता पनि यसको सफलताको लागि प्रथम पुरस्कार रु ३५ हजार ५ सय ३५ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको क्लवका अध्यक्ष सन्दिप खत्रीले युनिक खबर डट कम लाई जानकारी दिनुभएको छ l

 सानो उमेरदेखिआफ्नो गाउँ,ठाउँ र सिंगो राष्ट्र लाई अत्यन्तै माया गर्ने, विचारमा प्रस्ट,स्वच्छ छवि भएका सुरेश  के.सी यतिखेर व्यवसायको क्रममा जापानमा क्रियाशील हुनुहुन्छ l जापानमा रहेर पनि नेपाल र नेपालीको लागि अझै विशेष गरेर आफ्नो मातृभूमि प्रति उहाँले विभिन्न सन्दर्भमा ठूला ठूला सहयोगहरु गर्दै आउनुभएको छ l साविक गुल्मी जिल्लाको वामी गाविस वडा नम्बर ५ मैदान हाल मु.न.पा ८ मा जन्मनु भएका सुरेश के.सी संग यस क्षेत्रका मानिसहरूले धेरै ठूला आशा र भरोसा राखेको पाइन्छ l

 सानै उमेरदेखि व्यक्तिगत स्वार्थ लाई त्यागेर समाज परिवर्तनको निम्ति वामपन्थी राजनीतिमा क्रियाशील के.सी अहिले यतिखेर विभिन्न संघ संस्थाका प्रमुख भूमिकाहरु मा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ l

केसी यस क्लव को संस्थापक सदस्यको रुपमा रहँदै आउनु भएको छ l यसैगरी वामी सेवा समिति जापान को अध्यक्ष जस्तो गरिमामय पद मा रहदा पनि उहाँले यस क्षेत्रमा निकै महत्वपूर्ण कार्यहरु गर्नुभएको थियो l प्रवासी नेपाली मंच जापान को अध्यक्ष पदमा क्रियाशील के.सी ले क्लब को यस कार्यक्रम लाई प्रथम पुरस्कार प्रायोजन गर्नु भएकोमा क्लब परिवार निकै हर्षित रहेको क्लब ले जनाएको छ l 

 सुर्योदय युवा क्लबको स्थापना काल देखि नै समाजसेवी सुरेश के.सी,उहाँकी बैनी निर्मला के.सी र भाइ बिरबल के.सी लगायत ऊहा को सिंगो परिवार ले क्लब को लागि निकै धेरै पसिना बगाएको जानकारहरु बताउँछन् l तन मन धन लगायत क्लब लाई जे आवश्यकता पर्दछ स्थापना काल देखि नै क्लब को सफलताको लागि के.सी परिवार अग्रस्थानमा रहेको छ l 

 युनिक खबर डट कम परिवार समाजसेवी युवा व्यक्तित्व सुरेश के.सी ले गर्नु भएको यस आर्थिक  सहयोगको उच्च प्रशंसा गर्दै के.सी लगायत उहाँको परिवारको सुस्वास्थ्य,दीर्घायु र उच्च सफलताको कामना गर्दछ l 

स्मरणरहोस् सुर्योदय युवा क्लब मु.न.पा ८ वामीमैदान गुल्मीले यहि मङ्सिर २२ गते देखि २५ गते सम्म खुल्ला भलिबल प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव कार्यक्रम लाई भव्यताका साथ सम्पन्न गर्दै छ l यस कार्यक्रम लाई सफल बनाउन को लागि क्लबका पदाधिकारीहरु आर्थिक,भौतिक नैतिक सहयोगको लागि देश विदेशमा रहनु भएका यस क्लब सँग सम्बन्धित सम्पूर्ण दाजुभाई,दिदी,बहिनीहरु संग विशेष आग्रह गरेको छ l २८ औं वार्षिकोत्सव कार्यक्रम लाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले क्लबका अध्यक्ष सन्दीप खत्री,सागर खत्री,उज्वल खत्री,कमल बराल लगायत अन्य पदाधिकारीहरु सँग सम्पर्क गर्न सकिने क्लब ले जानकारी दिएको छ l

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।