खुला भलिबल प्रतियोगिताको प्रथम स्थान सुर्योदय युवा क्लबले जित्यो

रामकृष्ण कंडेल,वामीटक्सार ✍️

गुल्मीको वामीटक्सारमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम स्थान सुर्योदय युवा क्लबले जित्न सफल भएको छ l वामीटक्सार युवा क्लबले आयोजना गरेको वार्षिक कार्यक्रम अन्तर्गतको खुल्ला भलिवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्जनौं भलिवल टिमहरु लाई पछि पार्दै सुर्योदय युवा क्लबले प्रथम स्थान ओगट्न सफल भएको हो l 

उक्त प्रतियोगिता मा एपी मोबाइल उपविजेता बन्न सफल भएको छ l हिजो सम्पन्न खुल्ला भलिबल प्रतियोगितामा  एपी मोबाइल टिमसँग कडा प्रदर्शन सहित प्रथम स्थान ओगट्न सफल सूर्योदय युवा क्लवका खेलाडीहरु लाई आयोजक वामीटक्सार युवा क्लबले भव्य सम्मानका साथ पुरस्कार वितरण गरेको छ l 

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटीका अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले ले प्रथम स्थान प्राप्त गर्न सफल सूर्योदय युवा क्लबका भलिबल खेलाडीहरु सहित सम्पूर्ण खेलाडीहरूको उच्च प्रशंसा गर्नुभएको छ l प्रमुख अतिथि काफ्लेले  पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर आयोजक क्लब तथा खेलकुदमा सहभागी सम्पूर्ण खेलाडीहरूको हौसला बढाउनु भएको थियो l 

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ वामीटक्सार युवा क्लबले वामीटक्सार मा आयोजना गरेको वार्षिक कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगिता मा प्रथम स्थान कसले हात पार्छ भनेर निकै चर्चा र चासोको रुपमा हेरिएको थियो l 

 वामीटक्सार युवा क्लबले आयोजना गरेको खुल्ला भलीवल प्रतियोगिताको प्रथम स्थान विजेता सुर्योदय युवा क्लब का खेलाडी हरु को लागी ३३ हजार ३ सय ३३,मेडल,ट्रोफि र प्रमाण-पत्र प्रमुख अतिथि काफ्लेको हातबाट प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो l  

 क्लबले आफ्नो वार्षिक कार्यक्रमको उद्घाटन १५ गते भव्यताकासाथ गरेको थियो l भलिवल प्रतियोगितामा निकै धेरै टिमहरू टाढा टाढा बाट सहभागी हुन आएकोले निर्धारित समय  भन्दा केही दिन पछि सम्म कार्यक्रम सञ्चालन गर्न बाध्य भएको क्लवका कोषाध्यक्ष रुपेश कक्षपतिले बताउनु भयो l 

मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजार स्थित बसपार्कमा आयोजित कार्यक्रम ले गर्दा वामीटक्सार क्षेत्रको चहलपहल निकै बढेको देखिन्छ l 

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।