आज गुरु पूर्णिमा

यस्य स्मरण मात्रेण ज्ञान मुत्पद्यते स्वयम् ।

य एवं सर्व संप्राप्य तस्मे श्री गुरुवै नमः ।।

“जसको स्मरण मात्र गर्नाले स्वतःस्फूर्त ज्ञान उत्पत्ति भई सौभाग्य प्राप्ति हुन्छ, जोस“ग बस्नाले मात्रै पनि अष्ट गन्धादि सुगन्धको आभाष हुन्छ, जसको दर्शन गर्नाले ह्दय प्रफुल्ल बनी आ“खाहरूलाई सन्तोष वा शीतलता प्राप्त हुन्छ, जसका शब्दहरू स्मरण गर्नाले जीवनको श्रेष्ठता प्राप्त हुन्छ र जसको सेवाले आध्यात्मिक र भौतिक सुख प्राप्त हुन्छ, त्यस्ता गुरुलाई सभक्ति प्रणाम गर्दछु ।”

विशेषत आफूलाई भौतिकरूपमा जन्म दिने आमाबुबा र आफूभित्रका अन्धकारलाई चिर्न ज्ञानको ज्योति प्रवाहित गराउने गुरुलाई भगवान्कै रूपमा हेर्ने संस्कार नेपालीहरू माझ सदियौँदेखि चलिआएको छ । अति प्राचीनकालदेखि नै आमाबुबा र गुरुको योगदानको कदर गर्दै उहाँहरूप्रतिको श्रद्धा, भक्ति र कृतज्ञता व्यक्त गर्ने विशेष दिन वा पर्वकै रूपमा गुरु पूर्णिमा उल्लासपूर्वक मनाउँछौँ ।

संसारमा भौतिक र आध्यात्मिक दुइटा क्षेत्र छन् । यीमध्ये जो जुन क्षेत्रमा लागेका भए पनि सबैले स्वीकार गरेको वास्तविक सत्य यही हो कि कुनै पनि व्यक्तिले कुनै पनि कार्य सफलतापूर्वक सम्पन्न गर्ने दिशामा योग्य वा अनुभवी गुरु वा जानकार पथप्रदर्शकले प्रदान गरेका मार्गनिर्देशनले उल्लेखनीय भूमिका खेल्ने गर्दछ । सामान्यरूपमा हेर्ने हो भने पनि हामी स्कुलदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने क्रममा विभिन्न शिक्षक, शिक्षिकाहरू र प्राध्यापकहरूको मार्गनिर्देशनलाई आत्मसात् गर्दै यहाँसम्म पुग्यौँ । कुनै पनि सीप, इलमका लागि हामीलाई मार्गनिर्देशकहरूको आवश्यकता परेको थियो जसको निर्देशनमा बसेर हामीले सीप र कला सिक्ने क्रममा महारथ हासिल ग¥यौँ । तर यी त सांसारीक जीवनका उपलब्धि हुन् । सांसारीक जीवनमा माथि चढ्न त हामी एक्लै सक्दैनौँ, हामीलाई बाटो देखाउनेहरूको आवश्यकता पर्दछ भने अध्यात्मजस्तो दुरुह विषयमा बाटो देखाउनेहरूको त झनै जरुरी हुन्छ । हाम्रो वास्तविक जीवन त अध्यात्ममय हो । जीवनलाई अध्यात्मको पुष्पले सुभाषित गराउँदै बन्धनरहित अमृतमय जीवनतिर डो¥याउने यदि संसारमा कोही हुनुुहुन्छ भने ती सर्वज्ञ, सर्वान्तर्यामी, निर्भिक, निष्काम, निर्लिप्त गुरु हुन सक्छन् ।

आध्यात्मिक साधनाका बाटाहरू यति कठिन र जटील हुन्छन् कि त्यहा“ पाइलैपिच्छे चिप्लने वा लडिने डर रहेको हुन्छ र ठीक ढंगले साधनादि गर्न नसकेमा नतिजा प्रत्युत्पादक बन्न पनि बेर लाग्ने छैन । यसैले आध्यात्मिक क्षेत्रमा प्रत्येक साधकलाई योग्य र अनुभवी गुरुको शरणमा गएर उनका निर्देशनहरूलाई परिपालन गर्दै साधनात्मक पथमा अगाडि बढ्न उत्प्रेरित गरिन्छ ।

अति प्राचीनकालदेखि चल्दै आएका हाम्रा परम्परागत मान्यतालाई नियाल्ने हो भने हाम्रो समाजले आध्यात्मिक साधनाको सन्दर्भमा गुरु–परम्परा र गुरुकुल–प्रथालाई निकै उच्च सम्मान दिँदै आएको पनि पाइन्छ । त्यसैगरी यहा“ गुरुविना ज्ञान प्राप्त हुन सक्दैन र सम्बन्धित साधकको आ“खा खोल्दै ज्ञानको ज्योति बोकेर बाटोमा आई पर्ने हरेक प्रकारका बाधा–अवरोधलाई चिर्दै लक्ष्यसम्म पुु¥याउने क्रममा गुरुको भूमिका सर्वोपरि रहन्छ । त्यही कारणले गुरु र ईश्वरमा कुनै भिन्नता छैन र शिष्यको निम्ति गुरु ईश्वरभन्दा पनि ठूला हुन्छन् भन्ने गरिन्छ ।

हाम्रा परम्परा र मान्यताहरूमा गुरुलाई प्रदान गरिएको उच्च सम्मानको चर्चा गर्ने क्रममा आजको समयमा स्वीकार्नै पर्ने एउटा तथ्य यो पनि छ कि सच्चा गुरु पाउन पूर्णरूपमा असम्भव नभए पनि यो कठिन भने पक्कै नै छ । खप्टडबाबा विचरित धर्मविज्ञान–४ मा गुरुको लक्षणको बारेमा लेखिएको छ– जो अङ्गसहित–वेदाध्यायी छ, तदर्थज्ञ र जीवब्रहृमैक्य–विषयको दृढ निश्चयमा परिनिष्ठित छ तथा जसलाई आत्म–साक्षात्कार भएको छ, त्यो गुरु हुन्छ । आत्मज्ञानरहित–वेदाध्ययनले मात्र गुरु हुन सकिँदैन र वेदाध्ययनशून्य आत्मज्ञ पनि स्वयं मुक्त छ तापनि परोपदेशको निम्ति अयोग्य हुनाले गुरु हुन सक्दैन, किनकि वेदान्तज्ञानविना जिज्ञासु शिष्यको सन्देश–निवृत्तिमा केही कठिनता पर्न सक्छ† तर साक्षात्कारवान् तथा निष्ठावान् महात्माहरूको विशुद्ध एवं सूक्ष्म बुद्धिको महिमा विलक्षण छ । त्यसको लागि जिज्ञासुको कल्याण दुसाध्य छैन, तैपनि वैदिक मर्यादाको संरक्षणार्थ श्रोत्रिय–ब्रहृमनिष्ठता नै गुरुको लक्षण बताइएको छ, ऊ नै शिष्यको बुद्धिमा प्रतीयमान पाँच प्रकारका भेदलाई नाना युक्तिहरूद्वारा मेटाउन समर्थ हुन्छ ।

गुरुको जस्तै शिष्यको पनि लक्षण बताइएको छ– वेदान्त–ग्रन्थहरूमा जसलाई अधिकारीको रूपमा प्रतिपादन गरिएको छ, त्यो साधन–चतुष्टयसम्पन्न अधिकारी नै शिष्य हो ।

आफूलाई योग्य शिष्य सावित नगरीकन वा गुरुद्वारा लिइएको परीक्षणरूपी कसौटीमा खरो नउत्रिकन कुनै पनि व्यक्तिले शिष्यत्व हासिल गर्न वा शिष्य कहलाउन पनि सक्दैन । गुरु र चेला बीचको यो परीक्षण र पात्रता सुनिश्चित गर्ने क्रमस“गै उनीहरूको बीचमा एक अर्काप्रतिको पवित्र भावनात्मक लगावहरूकै बीचमा ज्ञानको आदान–प्रदान हुन्छ । ज्ञान प्रदान गर्ने भएकै कारणले गुरुमा कृपा, शुभेच्छा, गलत मार्गमा लाग्न नदिने कठोरता र गलत क्रियाकलापलाई दण्डित गर्ने गुणहरू हुनैपर्ने हुन्छ । त्यसैगरी ज्ञान हासिल गर्ने व्यक्ति भएकै कारणले शिष्यमा समर्पण, भक्ति र पूर्ण निष्ठाजस्ता गुणहरू विकसित भएकै हुनुपर्ने हुन्छ । र्ईश्वरलाई भन्दा गुरुमा अधिक श्रद्धाभक्ति गर्नुपर्दछ, किनभने अखिल शास्त्रमा व्युत्पन्न व्यक्ति पनि गुरुको उपदेशको अभावमा आत्मतŒव बुझ्न सक्दैन । श्रुति यस विषयमा भन्दछ– नैषा तर्केण मतिरापनेया– नाद्रयमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन–आचार्यवान् पुरुषो वेद– आचार्याद्ध्येव विद्या विदिता साधिष्ठं भवति । दृष्टान्त पनि छ– गुरुको उपदेशको अभावमा वेदरूप समुद्र क्षार हो, क्षार सागरमा परेको प्राणी त्यो पानी पिएर दुःख नै अनुभव गर्दछ तथा शास्त्रान्तरकुशल पनि गुरूपरम्पराविना जुन स्वतन्त्र वेदार्थको विचार गर्दछ, त्यो आÇनो बुद्धिअनुसार भेदरूप क्षार–जलको नै आस्वादन गरी जन्म–मरणरूप प्रवाहमा निरन्तर दुःख नै पाइरहन्छ, मुक्तिरूप नित्य–निरतिशय आनन्द प्राप्त गर्दैन । तर त्यो नै जब ब्रहृमात्मवित् सद्गुरुको मुखबाट सुनेअनुसार वेदान्त–विचार गर्दछ, तब परमामृत निरतिशयानन्दस्वरूपको अनुभव गर्दछ । जसरी स्वभावतः क्षारसमुद्रको जल आÇनो पात्रमा लिएर जसले पिउँछ, ऊ क्षारजल नै पिउँछ† त्यही क्षारजल जब मेघद्वारा वर्षन्छ, अनि अमृत (मधुर) हुन्छ, त्यसरी नै गुरुमुखबाट सुनेको वेदान्त–विचार पनि अमृत हुन जान्छ । अतः गुरुमुखबाट वेदान्त श्रवण गुर्नपर्दछ ।

गुरुकृपाबाट आत्मसाक्षात्कार हुने हुनाले ईश्वरको सेवाभन्दा पनि गुरुको सेवा अधिक गर्नु पर्ने बताइएको छ । ईश्वरसेवा अदृष्ट मात्र फलको कारण हुन्छ र गुरुसेवा दृष्टादृष्ट दुवै दिने हुन्छ । धर्माधर्मद्वारा फलको हेतु जुन हुन्छ, त्यसलाई अदृष्ट हेतु भनिन्छ र धर्माधर्मोत्पत्तिविना जुन साक्षात् फलको हेतु हुन्छ, त्यो दृष्ट हेतु हो । ईश्वरसेवाबाट धर्मोत्पत्तिद्वारा अन्तःकरणशुद्धिरूप फल दिन्छ । त्यसैले ईश्वरसेवा अदृष्ट फलको हेतु हो, एवं गुरुसेवा धर्मनिरपेक्ष प्रसादमात्रले उपदेशात्मक फलको हेतु हुन्छ । अतः गुरुसेवा दृष्टफलको हेतु हुन्छ तथा धर्मोत्पत्तिद्वारा अन्तःकरणशुद्धिरूप फल पनि दिन्छ, त्यसैले अदृष्टफलको हेतु पनि हुन्छ । त्यसैले गुरुसेवा ईश्वरसेवाभन्दा पनि ठूलो सेवा मानिएको छ । अतः मुमुक्षुले ब्रहृमनिष्ठ गुरुको सेवा अवश्य गर्नुपर्दछ । यसैमा उसको कल्याण छ ।

जय गुरुदेव ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।