श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

सिद्धाश्रम शक्ति केंद्र,

         श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ । नेवारी भाषाका ग्रन्थहरूमा व्रत विधि र कथाका स्रोतहरू कुनै एउटा पौराणिक ग्रन्थमा मात्र आधारित छैनन् । दुवै भाषाका कथाहरूमा एकरूपता पाइँदैन । नेपाली भाषाभन्दा नेवारी भाषाका कथाहरूमा बढी आख्यानहरू पाइन्छन् । नेवारी भाषाका ग्रन्थहरूमा अन्य पुराणका कुराहरू, दशैँका विशेष दिनका वणर्नहरू (स्याक्कोत्याक्को, चालँ), दक्ष प्रजापतिको यज्ञमा ननिम्त्याइएको रिसमा सतीदेवीले लिनुभएका दश महाविद्यास्वरूपका वणर्नहरू उल्लेख गरिएका छन् । नेपाल भाषाका श्रीस्वस्थानी व्रतकथाका पुस्तकहरूमा ‘इति श्री पद्मपुराणे पार्वतीसदाशिवसंवादे’ भनी पद्मपुराणबाट १५३ संस्कृत श्लोकहरू उद्धृत गरिएको पाइन्छ ।

पद्मपुराणका यी श्लोकहरूमा पृथ्वीतलका दीनदुःखी जनको समस्या निर्मूल हुने उपायको सम्बन्धमा माता पार्वतीले श्रीमहादेवसँग राख्नुभएको जिज्ञासाको प्रत्युत्तरमा श्रीसदाशिवले दिनुभएको उत्तरको प्रसंग उल्लेख गरिएको छ । यी प्रसंगहरूमा श्रीस्वस्थानीको व्रत बस्ने दिन, विधि, सामग्री, ध्यान र व्रतको फल आदि सुनाउनुभएको वणर्न छ ।

ध्यान :

सुवणर्वणर्दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।

सिंहासनसमासीनां सर्वालङ्कारभूषिताम् ।।

नीलोत्पलाभां वामे च दक्षिणे वरदाद्रभयाम् ।

खड्गचर्मधरां चोध्र्वे वामदक्षिणयोःक्रमात् ।।

चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतुना ।

एवं ध्यायेन्महादेवीं स्वस्थानीं जगदीश्वरीम् ।।

अर्थात्, सुनजस्तै पहँलो वणर्ले झलमल्ल परेकी, तीन नेत्र भएकी, कमलको पूmलजस्तै मुख भएकी, सिंहासनमा बसेकी, रङ्ग-विरङ्गका अलङ्कार लगाएकी, चार हात भएकी, बायाँतिरका दुई हातमा अभयमुद्रा र नीलो कमल लिएकी, दाहिनेतिरका हातमा वर र अभय मुद्रा, खड्ग र ढाल लिएकी यस्ती चतुर्भुजा श्रीस्वस्थानी परमेश्वरीको ध्यान गर्नू भन्ने श्रीमहादेवबाट आज्ञा भएको छ ।

पद्मपुराणको कथाअनुसार सबैको कल्याणको लागि श्रीस्वस्थानीको कथा सुन्ने इच्छा प्रकट गरेको हुँदा श्रीमहादेवले पार्वतीलाई सुनाउनुभएको कथामा शिवशर्मा ब्राहृमणको परिचय, गोमाको जन्म र विवाह, नवराजको जन्म तथा विवाह, आफू गर्भावस्थामा रहँदा भिक्षाटनमा गएका बाबुको सोधखोजमा नवराजको देशान्तर, पिताको मृत्युको जानकारी र सद्गत गरी घर फर्किएको, आमाको आज्ञानुसार गङ्गा तीरमा स्नान गर्न जाँदा हरिहरको कृपाले गजराजद्वारा लावण्यदेशको राजा भएको वणर्न छ । नवराजले लिन पठाई माइतबाट घर आउँदै गरेकी नवराजकी पत्नीका डोलेहरूले ल्याएको प्रसादको अवहेलना गरी पाएको दुःख, अप्सराहरूबाट दुःख निवारणको लागि श्रीस्वस्थानी व्रतको उपदेश, व्रतफलले नवराजकी पत्नीको उद्धार, व्रत बसी श्रद्धाका साथ कथा भन्ने र कथा सुन्नाले मात्र पनि पुत्र पौत्रादि सुख प्राप्त हुने कुरा वणर्न गरिएको छ ।

घर-घरमा वाचन गरिने श्रीस्वस्थानी व्रतकथा पुस्तकमा ‘पद्मपुराणे पार्वतीसदाशिवसंवादे’ भनी उद्धृत गरिएका बाहेक अरू पौराणिक कथा तथा धार्मिक उपकथाहरू समावेश गरिएको पाइन्छ । श्रीस्वस्थानीको कथामा ब्रहृमाण्ड सृष्टि, मधु-कैटव वध, महादेव-सतीदेवी विवाह, दक्ष-यज्ञ, सती क्रोध-आत्मदाह, दक्ष यज्ञ विध्वंश, शिव विरह, सतीदेवी अङ्गपतन, योगिनीसहित पीठोत्पत्ति, शिव ध्यानमग्न, कामदेव भस्म, पार्वती जन्म, शिव पति कामना व्रत, पार्वती-शिव विवाह, श्रीगणेश र कुमारको जन्म, तारकासुर, त्रिपुरासुर वध आदि कथाहरू समाविष्ट एक महिनासम्म दैनिक पाठ गरिने श्रीस्वस्थानी व्रतकथाका सारांश हुन् । पौष शुक्ल पूणर्िमाका दिन हात-गोडाका नङ काटी स्नान गरी शुद्ध भई, तामाको थालीमा अष्टदल लेखी, आर्सीमा ॐकार लेखी थालीमाथि राखी सिन्दूर, चन्दन, अक्षता, बेलीको पूmल, कुंकुम, कस्तुरी, वस्त्र, अलङ्कार, फलपूmल, नैवेद्य, धूप, दीपसहित षोडशोपचारले श्रीस्वस्थानी माताको पूजा-आराधना गर्नाले मनोकामना सिद्ध हुने लेखिएको छ । कथामा श्रीस्वस्थानीको व्रत पार्वतीले दुई पटक गर्नुभएको उल्लेख छ । पहिलोपटकको व्रतमा श्रीमहादेव पति प्राप्त गर्न र विश्व भ्रमणमा गएका स्कन्दकुमार फर्कन ढिलाइ भएपछि श्रीशङ्करको निर्देशनानुसार दोस्रोपल्ट व्रत बसेकीले उक्त इच्छा पूर्ति भएको उल्लेख छ । पिताको खोजीमा गएका पुत्र नवराज नफर्केको र अति दुःख पाएकी गोमालाई सप्तऋषिहरूले दिएको अर्ती, उपदेशअनुसार श्रीस्वस्थानीको व्रत बसेकी, त्यस्तै पति नवराजले बोलाउन पठाई घर जान आतुर चन्द्रावतीले शालीनदी किनारमा पाएको अति दुःख निवारणहेतु श्रीस्वस्थानीको व्रत बसेकोले मनोकामना पूणर् भएको लेखिएको छ । श्रीस्वस्थानी माताको स्थिति, स्वरूप निम्नानुसार वणर्न गरिएको छ-

स्वस्थानी माताको स्वरूप वणर्नः

अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोध्र्वञ्च अद्र्धे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कार भूषिता ।

सुवणर्वद्विकाशाभा स्वस्थानी जगदीश्वरी ।।

अर्थात्, वरिपरि आठवटा पात भएको कमलमा पातैपिच्छे आठवटी मातृकाको माझमा बस्नुभएकी, चार हात र तीन आँखा भएकी, एक हातमा खड्ग, एक हातमा त्रिशूल, एक हात वरमुद्रामा र एक हातमा सुन्दर पूmल लिएकी, थरिथरिका गहना लाएकी, सुनभन्दा पहेँलो रूपले धपक्क बलेकी श्रीस्वस्थानी जगदीश्वरी माताको स्वरूप छ ।

नेपाली भाषाका पुस्तकहरूमा श्रीस्वस्थानीको कथा वाचन पूर्व मंगलाचरण ‘यं ब्रहृमा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः...’ वाचन गर्ने जस्तै संस्कृत-नेवारी भाषाका पुस्तकहरूमा छुट्टाछुट्टै मङ्गलाचरण रहेको छ ।

यसरी नेपाली संस्कृतिमा परमपूज्यारूपमा रहेकी श्रीस्वस्थानी माताको श्रद्धाका साथ साँखुस्थित शालिनदीको तीरमा स्थानीय बासिन्दाहरू एक महिनाभरि अत्यन्त कडा विधि-विधानका साथ माधवनारायणको पूजा गरी व्रत बस्ने प्रचलन रही आएको छ । व्रतमास अवधिभित्र व्रतालुहरू देवपत्तन, चाबहिल गणेश, नारायणहिटी, हनुमानढोका, फर्पिङ, पनौती, चाँगु, भक्तपुर नवदुर्गा आदि स्थानहरूमा यात्रा गर्दछन् । माघ सुदीका दिन पुरोहित, अश्वमेध यज्ञमा संलग्न गुरुहरू तथा व्रतालुहरूलाई यथेष्ट पालुङ्गोको साग, खीर भोजन गराई, रुमाल, धोती, गञ्जी प्रदान गर्न खर्चको लागि सम्वत् १९९५ मा तोक सदर सनदबमोजिम साँखु मौजाको ५८ रोपनी ७ आना २ पैसा जग्गा आयस्ता रहेको बताइन्छ (गोरखापत्र माघ ३, २०६०) । काठमाडौँको उत्तर पूर्वमा अवस्थित साँखुलाई श्रीस्वस्थानीको कथामा वणर्ित लावण्यदेश मानी उपत्यकाबासीहरू त्यस स्थानमा तीर्थ भर्न जान्छन् । माधवनारायणको व्रत बस्ने स्थानको दक्षिणतर्फ केही पर रहेको एउटा सानो ढिस्कोलाई नवराज पत्नी चन्द्रावतीलाई बोकेर शालिनदी तर्न लाग्दा हुरी बतास आई डोली खसी चन्द्रावतीले दुःख पाएको स्थान र अझ केही पर अप्सराहरूसँग चन्द्रावतीले श्रीस्वस्थानीको व्रत बसेको स्थानस्वरूप तीर्थालुहरूले पनि प्रदक्षिणा गर्ने गरी आएको पाइन्छ । केही वर्षअघि साँखुमा शालिनदी ओर्लनुअगावै र काठमाडौँ मातातीर्थस्थित बाबा आश्रममा श्रीस्वस्थानी माताको मूर्ति स्थापना गरिएको छ ।

आसा सपूm कुथि, रक्तकाली (पुस्तकालय) मा संस्कृत-नेपाल भाषामा हस्तलिखित धेरै ग्रन्थहरू संग्रहित तथा सुरक्षित रहेका छन् । संक्षिप्त स्वस्थानी, स्वस्थानी व्रतकथा, स्वस्थानी परमेश्वरया धर्मव्रतकथा (स्वस्थानी परमेश्वरको धर्मव्रतकथा), स्वस्थानी पीठ उत्पत्ति, स्वस्थानी व्रतकथा (लिङ्गपुराण) आदि अनेक शीर्षकका हस्तलिखित ग्रन्थहरू (संस्कृत-नेपालभाषा) शताब्दीऔँ अघिदेखि वाचन गर्दै आइएको पाइन्छ । आसा सपूm कुथिमा मात्र २५७ (ने.सं ८६८/वि.सं १८०४) वर्ष पुराना संरक्षित यी ग्रन्थहरूमा नेवार समुदायले मानी आएका मौलिक चाडपर्वका कथाहरू समेतको प्रस्तुति रहेको छ । बाबु माधवप्रसाद शर्मा लिखित, बनारसबाट प्रकाशित तथा अद्यावधिक नेपाली विद्वान्हरूबाट तयार पारिएका नेपाली भाषाका पुस्तकहरूमा उल्लिखित कथाका अध्यायहरूमा अधिकांशमा समानता रहेको छ । तर उपत्यकामा तयार गरिएको मौलिक (संस्कृत-नेपालभाषा) ग्रन्थहरूमा कथा-आख्यानहरू फरक-फरक तरीकाले थपघट भएको पाइन्छ । सबै ग्रन्थहरूमा सतीदेवीको अङ्ग पतनपश्चात् उत्पत्ति भएका पीठहरूको संख्या ७,५०,००० उल्लेख गरिएको छ । यसमध्ये ५० स्थानमा नामसहितको पीठ, देवी, योगिनी, शिवलिंग उत्पत्ति भई शिव शक्तिस्वरूपले रहनुभएको र ती पीठहरूमा अनेक देवीदेवता, यक्ष-किन्नर, दैत्य-दानव, ऋषिमुनि, अप्सराहरू आई तपस्या गरेको वणर्न गरिएको छ । यसरी उत्पत्ति भएका पीठहरू फैलिएका क्षेत्रमध्ये पूर्वमा आसाम, पश्चिममा काश्मिर, उत्तरमा हिमालय र दक्षिणमा गङ्गा नदी† नेपालमा पूर्व दोलखा, पश्चिममा नुवाकोट, उत्तरमा हिमालय र दक्षिणमा मकवानपुरसम्मको क्षेत्रमा (रामेछाप-१, दोलखा-१, सिन्धुपाल्चोक-१, काभ्रे-८, भक्तपुर-६, ललितपुर-१३, मकवानपुर-८, धादिङ-१, नुवाकोट-२, काठमाडौँ-२३ स्थानमा) चतुषष्ठी योगिनीगणसहित चतुषष्ठी शिवलिङ्ग तीर्थयात्रा माहात्म्यमा उल्लेख गरिएको छ ।

नेपाली परम्परामा मौलिकरूपले वाचन गर्ने श्रीस्वस्थानी व्रत कथामा पुराणका शिवशक्तिका (सती र पार्वती) आख्यानहरू कुनै न कुनै तरीकाले समावेश गरिएका छन् । यसै क्रममा दक्ष यज्ञमा आत्मदाह गर्नुभएकी सतीदेवीको मृतदेह श्रीमहादेवले बोकी यत्रतत्र भौँतारिँदै हिँड्नु हुँदा सती अङ्ग पतनपश्चात् पीठ, स्वयम्भूलिङ्ग उत्पत्ति र स्थापित योगिनीहरूको ‘चतुःषष्ठी शिवलिङ्ग तीर्थयात्रा माहात्म्य’मा उल्लेख गरिएको छ । यी स्थान विशेषमा पुण्य तिथिमितिहरूमा पूजा, व्रत, पर्वादि श्रद्धापूर्वक मनाउँदा ती पीठहरूका शक्तिले शुभफल र भुक्तिमुक्ति प्राप्त भई शिवलोकबास हुने कुरामा सन्देह नरहेको धारणा पाइन्छ- ॐ नमो जगज्जननी आद्याशक्तिस्वरूपिन्यै ।

सा“खुको ऐतिहासिकता

साँखु नेपालको प्राचीन राजनैतिक केन्द्रको रुपमा रहेको थियो भन्दा कतिपयलाई विश्वास नहोला । तर यो पूणर् सत्य रहेको विभिन्न प्रमाणहरूले पुष्टि गर्दछ । प्राचीन नगरराज्यको रुपमा रहेको यस साँखुको ऐतिहासिक नाम शंखरापुर हो । यो शंखको आकारमा निर्माण भएको शहर हो । विभिन्न पुस्तकहरूमा यस शहरको स्थापनाकाललाई फरक फरक रुपमा प्रस्तुत गरिएको पाइन्छ । भाषा वंशावली भाग २ र देवमाला वंशावलीमा साँखुको स्थापनाकालको बारेमा उल्लेख भएको छ । ती दुवैमा १५ सय वर्षको अन्तर देखिन्छ । तर ती दुवैमा भने शंकरदेवको पालामा यो शहर स्थापना भएको भन्नेमा मतैक्यता पाइन्छ । मणिशैल महावदानमा उल्लेख गरिएको साँखुको स्थापना कलिगत सम्बत् १८०१ हो जसमा प्रामाणिकरुपमा तिथिमिति र श्लोकहरू उल्लेख भएका छन् ।

विभिन्न स्थानमा विभिन्न रुपमा यसको स्थापनाकाल उल्लेख भए पनि बज्रयोगिनी क्षेत्रका ढुंगा, गुफाहरू, मन्दिर तथा बज्रयोगिनी देवीको इतिहास, स्थापना एवं पौराणिक आख्यानहरूबाट भने साँखुको स्थापनाकाल ३,३०० वर्ष पहिले नै भइसकेको पुष्टि हुन आउँछ । बज्रयोगिनी तथा बज्राचार्यहरूको वंशावलीको रुपमा रहेको मणिशैल महावदान यसको प्रत्यक्ष प्रमाणको रुपमा लिन सकिन्छ । यसमा यसप्रकार उल्लेख भएको छ-

।। याते कलियुगे वर्षे शश्यकरीमही ।।

।। मासेच फाल्गुणेचैव तिथौ गौरी शिते शूभे ।।

।। सप्तग्राम समूहित्वा शंखपूरो भविष्यति ।।

देवमाला र भाषा वंशावलीहरूमा फरकफरक कलिगत संवत् भेटिए पनि मणिशैल महावदानमा श्लोकसहितको तिथिमिति समेत उल्लेख हुनुले यसलाई बढी प्रामाणिक मान्न सकिन्छ भन्ने बुद्धिजीवीहरूको राय पाइन्छ ।

तिब्बततिरको व्यापारिक सम्बन्ध, प्राकृतिक सुन्दरताले भरिएको, उब्जाउ भूमि आदिले पनि साँखु उन्नत एवं व्यवस्थित देखिन्छ । विदेशी इतिहासकारहरूबाट समेत साँखुको बारेमा ॅगेट वे टु तिब्बत’ वा ॅट्रेड वे टु तिब्बत’जस्ता वाक्यांशहरू उल्लेख हुनु र नेपालको इतिहासमा कतै न कतै साँखुको सन्दर्भ आउनुले पनि साँखुको गरिमा र महिमा उत्तिकै देखिन्छ ।

तिब्बतसितको नेपालको व्यापार तबदेखि शुरु भयो जब अंशुवर्माले आÇनी छोरी तिब्बतका राजा स्रोङचोङ गम्पोसित गरिदिए । स्वयं यिनले बज्रयोगिनी क्षेत्रमा बसेर नेपाल-तिब्बतको सम्बन्ध जोडेको र साँखु र बज्रयोगिनीको क्षेत्रबाट बुद्धधर्मका सामग्रीहरू तिब्बत लगेको देखिन्छ । यस्ता सामग्रीमा दिपंकर बुद्ध प्रतिमा तथा भिक्षुहरू पर्दछन् । भनिन्छ, वि.सं. २०१३ सम्म पनि तिब्बतबाट नेपाललाई प्राप्त हुने रकम साँखुको बाटो भएर आउँथ्यो । बौद्धनाथ मन्दिर जिणर्ोद्धार गर्दा चीन सरकारबाट उपहारस्वरुप प्राप्त सुनको गजुर, तोरण र धर्मचक्र मण्डल झल्लर समेत साँखुको बाटो भएर बौद्ध पुर्‍याइएको थियो । भारत, चीन, तिब्बतको राजनैतिक, धार्मिक र व्यापारिक आवतजावतको मार्ग मात्र साँखु नभई पाश्चात्य देशका पादरीहरूसमेत तिब्बत भई यही ठाउँबाट नेपाल आउने गर्दथे । कला, संस्कृतिले अति समृद्ध साँखुको लालसा काठमाडौँ र भक्तपुरका राजाहरूमा थियो भन्ने कुरा उनीहरूले यसमाथि गरेको पटकपटकको आक्रमणबाट पनि पुष्टि हुन्छ ।

राजा भूपतीन्द्र मल्लले समेत केही समय राज्य गरेको ठाउँ साँखुको बज्रयोगिनीमा उनले विभिन्न निर्माण कार्य गरेको शिलापत्रमा उल्लेख भएको अहिले पनि पढ्न सकिन्छ ।

श्रीस्वस्थानी परमेश्वरीको व्रत उपासना गर्ने शालिनदी क्षेत्र साँखुमा नै पर्दछ । शालिनदीको सम्बन्धमा लिङ्गपुराण, पद्मपुराण तथा स्कन्दपुराणमा वणर्न गरिएका छन् । हालसम्म पनि पवित्र पानी बगेको शालिनदीलाई संरक्षणको आवश्यकता देखिन्छ ।

माधवनारायण श्रीस्वस्थानी मेला एउटा अति नै महŒवपूणर् मेला हो किनभने यहाँ वर्षेनी दशौँ लाख मानिसहरूको ओइरो लाग्ने गर्दछ । हिन्दु तथा बौद्धहरूको आस्थाको केन्द्र साँखुको बज्रयोगिनी र शालिनदी यी दुवै समुदायको सामुहिक क्रियाकलाप जात्रा, पर्व साँखु नगरभित्र र बाहिरका अष्टमातृका पीठहरूसँग समन्वय गरी पूजा गर्नुपर्ने महŒवपूणर् कार्यसँग सम्बन्धित छन् । साँखुमा स्थापनाकालदेखि नगरभित्र आठ वटा मातृकादेवी भनी अष्टमातृका देवी पीठ स्थापना गरिएका थिए भने त्यस्तै नगरबाहिर पनि पीठको स्थापना गरिएका थिए ।

आठ टोलमा आठ-आठवटा अष्टविनायक स्थापित छन् । अष्टमंगल चिन्हका प्रतीक अष्टविनायक तथा अष्टमातृकाहरूको पूजा, दर्शनका लागि भक्तपुरबाट नवदुर्गा नृत्यलाई माघ महिनामा साँखु ल्याउनु पर्दछ । साँखुका बासिन्दाहरू भक्तपुरको नवदुर्गालाई अष्टमातृका देवी गणको रुपमा निकै आस्थाका साथ पूजा गर्दछन् । साथै नवदुर्गाका लागि गुठी जग्गा र आयस्ताको व्यवस्था समेत भएको छ । अष्टमातृका पूजासित सम्बन्धित कुमारी पूजा, साँखु तलेजु भवानीको पूजा, लायकु पूजासँग सम्बन्धित रहिआएको छ ।

साँखुको दुगाहिटी टोलमा शाक्य सम्बत् ४६० (५३८ इस्वी) सम्बत्को शिलापत्रमा साँखुमा वामनदेव राजाको राज्य भनी उल्लेख हुनुले नेपालको इतिहासलाई फेरि नवदृष्टि दिनु पर्ने खाँचो रहेको हो कि भन्ने महसुस भएको मान्दछन् इतिहासविद्हरू किनकि नेपालको इतिहासमा वामनदेवले राज्य गरेको उल्लेख यहाँ बाहेक अन्यत्र कतै प्राप्त छैन ।

भक्तपुरमा जस्तै साँखुमा पनि विस्केट जात्रा मनाउने गरिन्छ । यस जात्रामा लिङ्गो ठड्याउने र ढाल्ने कार्य चैत्र मसान्त र वैशाख २ गते हुने गर्दछ । स्थानीय चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठ मन्दिरमा विधिपूर्वक पूजा गरी उक्त जात्रा गर्नुपर्ने बेलामा तत्कालीन राजा तथा उनका प्रतिनिधिहरू सहभागी हुनु पर्ने व्यवस्था थियो । यी कुराहरूको लिखित दस्तावेजको रुपमा रहेको शान्तिस्वस्ति घटनावली, वंशावली, बज्रयोगिनीको हस्तलिखित परम्परागत ग्रन्थ हुन् । हाल यी सामग्रीहरू रोयल लाइब्रेरी अफ डेनमार्कमा छन् ।

विश्वमै रहेका राजकुलोलाई हेर्ने हो भने साँखुको राजकुलो खुला र लामोमा दोस्रो वा तेस्रो क्रममा आउँछ । तर अहिले केही राजकुलोहरू बिग्रिएका छन् । यसो भएता पनि साँखुमा रहेको योमरी झ्याल, तीन झ्याले कलात्मक बुट्टे घरहरू ५, ७ र ९ तथा ११ झ्याले घरहरूको अस्तित्व जोगाई राख्न सके यसको इतिहासलाई अझै जीवित राख्न सघाउ पुग्नेछ । बज्रयोगिनी जात्रा, विस्केट जात्रामा प्रयोगमा आउने जागपताको संरक्षणको पनि उत्तिकै आवश्यक देखिन्छ । मन्दिरहरू, शिलापत्र, वंशावली आदिलाई जोगाइराख्दा प्रमाण खोज्ने कार्यमा धेरै सघाउ पुग्ने मात्र होइन, यी धरोहरहरू नेपालका अमूल्य सम्पत्ति हुन्, यिनीहरूको संरक्षण हुनै पर्ने धारणा रहेको पाइन्छ ।

जय गुरुदेव ।

Related Post
षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रहृमा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वतीले हाम्रा अज्ञानहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।