८८ औँ सद्गुरुदेव अवतरण दिवस भव्य रुपमा मनाइदै

विगत २३ वर्षभन्दा अघिदेखि धार्मिक, आध्यात्मिक, सामाजिकएवं शैक्षिकगतिविधिहरू संचालनका साथक्रियाशीलतथाश्री श्री महायोगी गुरु गोरखनाथएवं परमहंस स्वामीश्री निखिलेश्वरानन्दमहाराजलाई गुरु रूपमाधारण गरी अगाडि बढिरहेको सिद्धाश्रम शक्ति केन्द्र नेपालद्वारा ८८ औँ सद्गुरुदेव अवतरण दिवस सम्पन्नहुने सहर्ष जानकारी गराउँदछौँ ।

परमहंस स्वामीश्री निखिलेश्वरानन्दमहाराजले डा. नारायण दत्तश्रीमालीको रुपमा यस धर्तीमा सन् १९३५ अप्रिल २१ तारिख पदार्पण गर्नु भएको पावनदिनको रुपमा सिद्धाश्रम शक्ति केन्द्रले अप्रिल ८ तारिखलाई सद्गुरुदेव अवतरण दिवसको रुपमामनाउँदै आइरहेको हो ।

यस विश्व ब्रहृमाण्डलाई भौतिकएवं आध्यात्मिक रूपले सन्तुलित राख्नप्रकृतिद्वारा निर्मित अद्वितीयतपस्थली नै सिद्धाश्रम हो । मानवजीवनको अन्तिमध्येययस सिद्धाश्रमका प्राणाधार परमपूज्य सद्गुरुदेव परमहंस स्वामीश्री निखिलेश्वरानन्दमहाराज हुनुहुन्छ । आÇना गुरु दादागुरुदेव स्वामी सच्चिदानन्दज्यूको आदेश शिरोपर गरी ‘धर्मसंस्थापनार्थाय...’ को शंखघोष गर्दै उहाँ सन् १९३५ अप्रिल २१ तारिख भारतस्थित राजस्थानप्रान्तको जोधपुरमाअवतरित हुनुभयो । वेदाध्ययनबाट शिक्षा शुरु गर्नुभएकाउहाँले विवाहपश्चात् उहाँले थुप्रै वर्ष हिमालयकागुफा, विकट कन्दरा र जंगलहरूमा संन्यासजीवनबिताउनुभयो । त्यसबेलाउहाँले विभिन्न स्वामी, संन्यासी, योगी, तान्त्रिक, मान्त्रिक, आयुर्वेदाचार्यहरूसँग भेटेर विभिन्नविधामाआफूलाई निष्णात् बनाउनुभएको थियो । संन्यासजीवनपश्चात् पुनः गृहस्थमाफर्केर आफूले प्राप्त गरेको आध्यात्मिक ज्ञानलाई समाजमा फैलाउने कार्य उहाँले गर्नुभयो । यसको लागि सयौँ पुस्तकहरूको रचनागर्दै असङ्ख्य शिविर सञ्चालन गरी साधना, प्रवचन र दीक्षाको माध्यमबाट शिष्यनिर्माण प्रक्रियालाई जोड दिनुभयो । यसरी ज्योतिषी, सामुद्रिकशास्त्रका सुविज्ञ ज्ञाता, तन्त्र–मन्त्रकाअन्तिमनाम, आधुनिकधन्वन्तरि, सम्मोहन विज्ञानका मसीहा, कुण्डलिनी शक्तिका सहजव्याख्याकार, सूर्य विज्ञानका अपूर्व ज्ञानी, धुरन्धर रत्नचिकित्सकआदिका रूपमाउहाँ डा. नारायण दत्तश्रीमालीको नामबाट विश्वमाविख्यात् हुँदै महामहोपाध्याय, मन्त्रशिरोमणि, समाजशिरोमणि, जगद्गुरु आदिको संज्ञाले विभूषितहुनुभयो । गोरक्ष निखिलयुगनिर्माणको महायोजनाआÇनाशिष्यहरूको काँधमा सुम्पेर सन् १९९८ जुलाई ३ मा महाप्रयाण लिई उहाँआÇनो मूल स्थान सिद्धाश्रम फर्कनुभयो । हाल सद्गुरुदेवकै सूक्ष्म आदेश निर्देशनबमोजिम सिद्धाश्रम शक्ति केन्द्र यस महान् योजनामा कटिबद्ध छ ।

लोपोन्मुखग्रन्थहरुलाई खोजी गरी जन जनमाउजागर गर्ने कार्यमा परमपूज्यसद्गुरुदेवले आफ्नो जीवनको धेरै समय बिताउनु भएको थियो । ऋषिमुनिहरुको ज्ञान, विज्ञानलाई आत्मसात गरी क्लिष्ट विषयलाई सरलीकृत गर्दै समाजलाई वितरण गर्न उहाँले आफ्नो सम्पूर्ण जीवनलाई न्यौछावर गर्नु भएको थियो । उहाँकै निर्देशनमावि..संं २०५६ वैशाख ८ गते सिद्धाश्रम शक्ति केन्द्र आध्यात्मिकशक्ति अनुसन्धान संस्थाको जन्मभई हाल परमपूज्य सद्गुरुदेवहरु श्री श्री महायोगी गुरु गोरखनाथएवं परमहंस स्वामीश्री निखिलेश्वरानन्दमहाराजको सूक्ष्म निर्देशनमा यो संस्थागतिशीलभइरहेको छ ।

अन्तमा, यस महोत्सवलाई अद्वितीय रूपमा सफलबनाउन मिडिया एवंपत्रकार मित्रहरूको ठूलो भूमिका रहने कुरा निर्विवाद रहेको स्मरण गर्दै पत्रकार मित्रहरुलाईसमाचार संकलनतथा सूचनाप्रवाहमा सहयोग गर्नु हुनेछ भन्ने विश्वासका साथकार्यक्रमलाई अवलोकन गर्नका लागिहार्दिक आमन्त्रण गर्दछौँ ।

संक्षिप्तकार्यक्रमविवरण वि.सं. २०८० वैशाख ८ गते  बिहान ९ बजे स्तुतिवन्दना, प्रार्थनाबाट कार्यक्रमको शुभारम्भ हुनेछ । त्यसपछि दिव्य गुरु पूजन, हवन (यज्ञ) कार्यक्रम, लक्ष्यदीपअर्पण, भजनकीर्तन, सद्गुरुदेवलाई केक समर्पण, नृत्य, स्ववचनकाकार्यक्रम सम्पन्नहुनेछ ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।