जापानमा गोर्खा पिक ईन्टरनेसनल स्कुलको समुदघाटन गर्दैछौंः डाईरेक्टर डिलाराम खरेल

रामकृष्ण कंडेल,युनिक खवर✍️

आगामी अप्रिल ६ तारिखका दिन जापानमा गोर्खा पिक ईन्टरनेसनल स्कुलको समुदघाटन गरिने बिद्यालयका डाईरेक्टर डिलाराम खरेलले बताऊनुभएको छ।अप्रिलबाट यस बिद्यालयमा पूर्ण रूपमा अध्ययन अध्यापन कार्य सुचारूहुनेगरी सबै काम अगाडि बढाईएको डाईरेक्टर खरेलले बताउनुभयो।जापानमा नेपालीको संख्या १ लाख ५० हजार भन्दा बढी रहेको र ती अभिभावकका छोराछोरीहरू लाई गुणस्तरिय शिक्षाको अभाव महसुसगरी Chiba prefecture ,Sakura city,Nabeyama-cho 80-2 मा बिद्यालय स्थापना गरिएको खरेलले जानकारी दिनुभएको छ।

यस बिद्यालयमा जापानीज भाषा लगायत नेपाली र अङ्ग्रेजी भाषाहरु समेत पढाईने छ।डाईरेक्टर खरेलका अनुसार बिद्यालयमा भर्ना फि निशुल्क छ भने हरेक कक्षाका लागि मासिक ४० हजार येन फि राखिएको छ।हाललाई नर्सरी देखि कक्षा ३ सम्म सञ्चालन हुने उक्त स्कूल प्रत्येक वर्ष १ – १ कक्षा थप गर्दै १२ कक्षा सम्म पुऱ्याइने बताइएको छ।बिदेशमा रहॅदा पनि आफ्ना बालबच्चाहरु लाई उचित शिक्षासंगै भाषा,संस्कृति,संस्कार परम्पराबाट निकट रहने हुँदा यस स्कूल अभिभावकहरुको लागी कोशेढुँगा साबित हुने खरेलको भनाई छ।बिद्यालय सम्बन्धी आवश्यक जानकारीको लागि 08058123309 नम्बरमा सम्पर्क गर्न सकिने छ।

बिद्यालयका डाईरेक्टर खरेलका अनुसार नेपाली विषय र जापानीज भाषा वाहेक अरु सबै विषय अङ्ग्रेजीमा पढाइ हुने भएकाले अङ्ग्रेजी राम्रो बोल्न सक्ने र विषय सुचिको राम्रो ज्ञान भएका शिक्षकहरु अन्तरबार्ता को माध्यमबाट छानेर राखिएको,पाठ्यक्रम अन्तराष्ट्रिय स्तरको तयारी गरेको,अभिभावक लाई सहज होस भनेर बच्चाको खाना स्कुलमै उपलव्ध गराउने व्यवस्था गरएिको,सानरीजुका, नारिता,सिसुई हुँदै स्कुल सम्म र चुदानुमा,ओकुबो, याचियोदाई काचुतादाई,सिजु हुँदै स्कुल सम्म बसको व्यवस्था गरिएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको