एमाले रुरुक्षेत्र १ ले शुरु गर्यो विपद व्यवस्थापन कोष स्थापनाको अभियान

कृष्ण अन्जान,रिडीबजार ✍️

राजनीति विचार मात्र होईन सामाजिक उत्तरदायित्व पनि हो ।समाजका लागि केही गर्नु राजनीति हो । यतिबेला नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटी सामाजिक उत्तरदायित्व वहन गर्ने कुरालाई पछ्याउँदै विपद व्यवस्थापन कोष निर्माणमा जुटेको छ । 

यो वर्षको तिहारमा नेकपा एमाले रुरुक्षेत्र वडा न १ कमिटी भैलो खेल्दै कोष सँकलनको अभियानमा छ । 

लक्ष्मीपुजाको दिन पार्टीका पदाधिकारी ,सदस्य शुभचिन्तक हरु रिडीबजारमा भैलो कार्यक्रममा जुटेको देखियो । 

भैलो कार्यक्रममा जनसाँस्कृतिक सँघ गुल्मीका कलाकारका टोलिहरु हरुसँगै पार्टी पँक्तिको सहभागिता छ । नेकपा एमाले रुरुक्षेत्र १ ले हरेक अप्ठ्यारा हरुमा समुदायलाई सहयोग गर्दै आईरहेको छ । 

विगतमा भुकम्पको पीडितलाई सहयोग होस कोभिडका बेला राहत वितरण ,बाढि पहिरो ,कोभिडका समयमा अक्सिजनको जोहो गर्दै अक्सिजन बैँकको स्थापना गरेर पार्टीका गतिविधिलाई जनताका प्रत्यक्ष समस्या सँग जोडेको कसैबाट लुकेको छैन । 

वडामा कसैका घरमा मर्दा पर्दा ,समुदायमा कोहि बिरामी पर्दा फलफूल ,मृत्युुमा समवेदना पत्र बोकेर नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका कमिटी पुग्छ । 

कोभिडले रिडीबजार थलिँदा बेसार ,गुर्जो ,मरटि लगाएतका जरिवुटिका पोका बोकेर एमाले कार्यकर्ताले घरघर पुर्याएको सम्झना रिडी बजारकि धना रानाले गर्नु हुन्छ । 

थानपतीमा भएको आगलागी होस या लुम्पेक पहिरो पिडित हरुका लागि राहतको व्यवस्था ,कोभिड महामारीमा जोखिमको समाना गर्दै ज्यानको बाजीलगाएर ओैषधि बितरणका काममा एमाले रुरुक्षेत्र गाउँ कमिटीले गरेको काम स्मरणीय छ । 

हामीले मुख्यतया विपदका बेला सहयोग गर्न सजिलो होस भन्नाका लागि विपद व्यवस्थापन कोष निर्माणको अभियान शुरु गरेका छौँ सबैबाट आवस्यक सहयोगको अपेक्षा गर्दछौँ कोष व्यवस्थापन सँयोजक नेकपा एमाले रुरुक्षेत्र वडा न १ गाउँ कमिटी सचिव चिरन्जिवि ज्ञवालीले भने । 

पार्टीको सामाजिक उत्तरदायित्वको कामलाई जिवन्त राख्न समुदायको शुखदुखमा साथ दिनु पर्छ भन्ने बुझेको नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीको यो कार्य सह्राहनिय मान्नु पर्छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।