राष्ट्रियता रक्षा र मुलुककाे समृद्धि र विकासका लागि एमालेलाई जिताउन एमाले नेता प्रदिप ज्ञवालीकाे आग्रह

कृष्ण अन्जान रुरु✍️

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन मँसिर ४ गते हुँदैछ । निर्वाचन जतिजति नजिक आउँदैछ त्यति त्यति माहौल तात्ने क्रमजारी छ । निर्वाचनकाे प्रचारप्रसारका क्रममा यतिबेला उम्मेदवार हरु गाउँ गाउँमा पुगिरहनु भएकाे छ र जनताका गुनासा र मागहरु सुन्ने सँगै आफ्ना प्रतिबद्धता राख्ने काम भईरहेकाे छ । 

गुल्मी क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवाली र प्रदेश सभाका उम्मेदवार फर्सुराम पाण्डे साेमवार छत्रकाेट गाउँपालिका भित्रका विभिन्न कार्यक्रममा सहभागी भई जनता सँग छलफल र अन्तरकृया गरेका छन । छत्रकाेट गाउँपालिकाका विभिन्न कार्यक्रम हरुमा जनताका माझ आफ्नो धारणा राख्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका प्रदिप कुमार ज्ञवालीले राष्ट्रियताकाे सम्बर्द्धन र मुलुककाे समुचित विकासकाे पक्षमा नेकपा एमाले रहेकाले एमालेलाई जिताउनु पर्ने जिकिर गरे । नेकपा एमालेकै नेतृत्वमा राष्ट्रियता सुदृढ भएकाे ,राष्ट्रिय स्वाभिमान माथि उठेकाे ,कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालकाे नक्सा सार्वजनिक गरेकाे ,ढलेकाे धरहरा ठड्याएकाे ,देशलाई द्वन्द्वमुक्त बनाएकाे बताए । 

नेकपा एमालेले देशकाे भौतिक विकासमा फड्काे मारेकाे बताउनु हुँदै एमाले नेता ज्ञवालीले प्रतिदिन सरदर पाँच किलोमिटर सडक कालाेपत्रे गरेकाे ,देशलाई सुरुँगमार्गकाे चरणमा प्रवेश गराएकाे ,भुकम्प पछिकाे पुनर्निर्माणमा आठलाख घर बनाएर नागरिकलाई सुरक्षित आवासमा फर्काएकाे ,हरेक गाउँपालिकामा अस्पताल निर्माण शुरु गरेकाे लगाएत यावत विकास निर्माणका काम एमालेले गरेकाे बताए । गुल्मी जिल्लाकाे विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्दै ज्ञवालीले कुनै राष्ट्रिय राजमार्गले नछाेएकाे गुल्मी लाई मदन भण्डारी राजमार्ग ,कालीगण्डकी करिडाेर ,र रिडी खर्ज्याँग दाँग सुर्खेत राजमार्ग सँग आवद्ध गरेकाे ,रेसुँगा विमानस्थल काे निर्माण कार्य सम्पन्न गरेकाे ,रिडीकाे तिनमुखे पुलकाे निर्माण पूरा गरेकाे ,दौँघा हुँगा बलेटक्सार ,पल्लिकाेट ,सिमिचौर खैरेनि लगाएत क्षेत्रमा खानेपानी आयाेजना सम्पन्न गरेकाे बताए । 

गुल्मी जिल्लाकाे विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्दै ज्ञवालीले कुनै राष्ट्रिय राजमार्गले नछाेएकाे गुल्मी लाई मदन भण्डारी राजमार्ग ,कालीगण्डकी करिडाेर ,र रिडी खर्ज्याँग दाँग सुर्खेत राजमार्ग सँग आवद्ध गरेकाे ,रेसुँगा विमानस्थल काे निर्माण कार्य सम्पन्न गरेकाे ,रिडीकाे तिनमुखे पुलकाे निर्माण पूरा गरेकाे ,दौँघा हुँगा बलेटक्सार ,पल्लिकाेट ,सिमिचौर खैरेनि लगाएत क्षेत्रमा खानेपानी आयाेजना सम्पन्न गरेकाे बताए ।

रुद्रवेणि वामि सडक ,खर्ज्याँग घुम्ति गैँडाकाेट जुभुँग मजुवा शान्तिपुर रणनीतिक सडककाे निर्माण कार्य भईरहेकाे बताउँदै ज्ञवालीले तम्घासमा ५२ कराेडकाे लागतमा ५० शैयाकाे अस्पताल निर्माणाधिन रहेकाे ,पिसिआर ल्याव ,अक्सिजन प्लान्ट र आईसियु कक्ष निर्माण गरेकाे ज्ञवालीले बताउनु भयाे । छत्रकाेट गाउँपालिका भित्र पनि विकासले धेरै फड्काे मारेकाे बताउनु हुँदै आगामी दिनमा खर्ज्याँग खानेपानी आयाेजना सम्पन्न गर्नुका साथै ,सुन्तला उँखु र अदुवाकाे पकेट क्षेत्रकाे रुपमा विकास गर्ने ,दिगाम बाेखर मनभाग सडक स्तराेन्नति गर्ने ,बेल्टुँग सेङदी खर्ज्याँग र अगाहा सातमुरेमा तटबन्ध निर्माण गरि बस्ती सँरक्षण ,दिगाम र लुम्छाकाे पहिराेकाे उचित व्यवस्थापन ,श्रृँगेश्वर तपाेभुमी र छत्रकाेट देवालय लाई धार्मिक पर्यटनकाे विकास सँगै छत्रकाेट मन्दिर परिसर देखि भालुपानी भगवती मन्दिर सम्म जिपलाईन लगाएत गाउँपालिका भित्र आवश्यक पुर्वाधार विकासमा आफ्नो तर्फबाट कुनै कसर नराख्ने प्रतिबद्धता प्रदिप कुमार ज्ञवालीले व्यक्त गरे । राष्ट्रियताकाे रक्षा ,मुलुककाे विकास सँगै शुखि नेपाली र समृद्ध नेपालका लागि नेकपा एमालेकाे जित आवस्यक भएकाले सूर्य चिन्हमा मतदान गर्न मतदातालाई ज्ञवालीले आग्रह गरे ।

जनता सँगकाे भेटघाटका क्रममा क्षेत्र न १ प्रदेश सभा ख का उम्मेदवार फर्सुराम पाण्डेले मुख्य रुपमा ग्रामीण क्षेत्रकाे भौतिक विकास सँगै स्वराेजगार सिर्जना तर्फ आफ्नो ध्यानाकर्षण भएकाे बताए । गाउँ रित्ताछन बुढा बा आमा ,भर्खरै सुत्केरी भएकि जीवन सँगिनिलाई छाडेर राेजगार कै खाेजिमा विदेशिन बाध्य युवालाई कसरी गाउँमै राेकेर राख्ने मेराे चिन्ता यसैमा छ पाण्डेले भन्नुभयाे ।वहाँले गाउँमा युवा स्वराेजगार सिर्जना गर्न एग्राे आर्मीकाे कार्यक्रम चलाउने प्रतिबद्धता जाहेर गर्नुभएकाे छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।