एमाले मुसिकोट ८ गुल्मीको बैठक सम्पन्न
रामकृष्ण कंडेल,वामीमैदान
नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका वडानं ८ को वडाकमिटी बैठक वामीमैदानमा सम्पन्न भएको छ।
कार्यक्रममा नगरपार्टी अध्यक्ष प्रकाश काफ्ले,जिल्ला कमिटी सदस्य नारायण सापकोटा,नगरकमिटी सदस्य प्रबिना परियारले प्रशिक्षणमुलक मन्तब्य राख्नुभएको थियो।
बैठकमा वडाकमिटी सदस्यहरू क्रमश टेकबहादुर नेपाली,मिनबहादुर छन्तेल,बिष्णु बहादुर बि क,गंगा बहादुर नेपाली,मित्रलाल सापकोटा,मिठु नेपाली,टोपनारायण श्रेष्ठ लगायतले आफ्ना बिचारहरू राख्नुभएको थियो।
वडानं ८ को बिकास गतिबिधीहरूमा सदस्यहरूले राखेका चासोबारे निर्बाचित वडा सदस्यहरू क्रमश संझना खत्री,साबित्रा बि क,चन्द्रबहादुर घर्ती,तिर्खबहादुर नेपाली ले पालैपालो वडाको ऐले सम्मको बिकास योजना संचालन सम्बन्धमा प्रष्ट पार्नुभएको थियो।बैठकले पार्टी संगठन लाई मजबुत बनाऊनको लागि बिभिन्न निर्णयहरू गरिएको छ।
वडाकमिटी अध्यक्ष चुराबहादुर खत्री को अध्यक्षता तथा सहसचिब सन्दिप खत्री को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।