देउखुरीको कालाकाटेबाट स्वचालित पेस्तोल सहित दुई पक्राउ

दाङमा प्रहरीले स्वचालित पेस्तोल सहित भारतीय दुई जनालाई पक्राउ गरेको छ । देउखुरीकाे गढवा गाउँपालिका १ जुरौनिबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति र हतियार सहितका बस्तुहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ बर्षिय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयाे ।

उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको बताएका छन् । प्रहरीले हतियार सहित मानिस आउदै गरेको सूचना पाएपछि ग्रहाक बनेर उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिन सफल भएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयाे । उनिहरुका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धामा अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।