तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीको सहारा
कृष्ण अन्जान,युनिक खवर✍️
पार गुल्मीको व्यस्त बजार मजुवा पछिल्लो पटक वहुप्राविधिक शिक्षाको आधार इलाकाको रुपमा विकासित हुन थालेको छ ।तुराँग वहुप्राविधिक शिक्षालयको स्थापनाले मजुवा क्षेत्रको महत्त्व अझै बढेको देखिन्छ ।
त्यसो त मजुवा चन्द्रकोट गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहने हैसियत राख्छ ,गाउँपालिकाको केन्द्र हुन नसके पनि चहल पहलले मजुवाको अस्तित्व घटेको छैन । अझै त्यसमा प्राविधिक शिक्षालय थपिएपछि प्राविधिक अध्ययनको नयाँ पाटोले पनि मजुवाको उचाइ बढेको छ ।
पुर्व परराष्ट्रमन्त्री समेत रहेको नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीको विशेष पहलमा २०७७ सालमा स्वीकृत प्राप्त गरेको तुराँग वहुप्राविधिक शिक्षालय मजुवामा कृषिको वालि विज्ञान ,भेटनरी तर्फको र सिविल इन्जिनियरिँग तर्फको पनि स्नातक पढाइको व्यवस्था भएको छ ।
तिनवर्षे कोर्स पढाइ हुने कृषि वालि विज्ञान ,भेटनरी र सिविल इन्जिनियरिँग मध्ये गत वर्ष देखि कृषि तर्फको वालिबिज्ञान तर्फको मात्र पढाइ शुरु गरिएको र भौतिक पुर्वाधारको निर्माण सँगै अरु विषयका पढाइहरु पनि शुरु गरिने तुराँग वहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिए ।
यतिबेला मानका टिकाराम बहुमुखी क्याम्पस मजुवाले उपलब्ध गराएको छ वटा कोठामा अध्ययन अध्यापन भईरहेको प्रमुख पाण्डेको भनाई ।
सबै फ्याकेल्टी चलाउन हामीलाई करिब एकसय रोपनि जग्गा चाहिन्छ यसका लागि प्रक्रिया जारी रहेको पाण्डेको भनाई छ ।
कृषि वालिबिज्ञान तर्फको डिप्लोमा कोर्समा पहिलो वर्ष २४ जना भर्ना भएको र दोस्रो वर्ष १७ जना भर्ना भएर अध्ययन गरिरहेका छन ।तुराँग वहु प्राविधिक शिक्षालयमा हाललाई भर्नाका लागि चालिस सिट रहेको छ ।
प्राविधिक शिक्षालयलाई भाौतिक पुर्वाधार निर्माणका लागि स्थानीय दाताबाट करिब त्रिचालीस रोपनी जग्गा प्राप्त भएको छ र बाँकि जग्गाको व्यवस्थापनको तयारी भईरहेको स्थानीय सहयोग समितिका अध्यक्ष चेतन बस्नेतले बताए ।
त्यसो त रुपाकोट क्षेत्रतर्फबाट पनि तुराँग प्राविधिक शिक्षालयको भौतिक पुर्वाधार बनाउनु पर्ने माग छ र शिक्षालयका लागि जग्गाको उपलब्धताका आधारमा पुर्वाधारका केही भाग रुपाकोट क्षेत्रमा पनि बनाईने बताईन्छ ।
गरिब र विपन्न जसले शहरमा बसेर पढ्न सक्दैनन् उनिहरुको पहुँचमा प्राविधिक शिक्षा पुर्याउन स्थापना भएको यस शिक्षालयमा हुम्ला ,रुकुम ,जुम्ला ,लगाएतका जिल्लाहरुबाट समेत विध्यार्थी आएर अध्ययन गर्छन ।
पछिल्लो पटक गाउँघरमा सीप र स्वरोजगारको आवाज युवाहरूले उठाई रहँदा यस प्रकारको वहुप्राविधिक शिक्षालय हरुमा अल्पकालिन र दिर्घकालिन सीप सिकाईलाई जोडेर ग्रामीण क्षेत्रमा युवाहरुलाई स्वरोजगारको व्यवस्थापन गर्न सकिन देखिएको छ।