नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन गुल्मीको वामी टक्सारमा सुरु

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाली कांग्रेसको आसन्न हुन गईरहेको केन्द्रीय महाधिवेशन अन्तर्गत आज देशव्यापी रूपमा प्रदेश अधिवेशनहरू सुरु भएका छन् lयसै अन्तर्गत गुल्मीको निर्वाचन क्षेत्र नम्बर २(क) को प्रथम प्रदेश अधिवेशन वामीटक्सारमा सुरु भएको छ l 

अहिले यतिखेर अधिवेशनको खुला सत्र अन्तर्गत पार्टी का नेता हरुले कार्यक्रम सफलता को लागि शुभकामना मन्तव्य हरु राखी रहनु भएको छ l

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता दामोदर भुसाल,हिरामणि अर्याल,कांग्रेस गुल्मी जिल्ला का पूर्व पार्टी सभापति चन्द्र के.सी,पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल,कांग्रेस जिल्ला पार्टी सचिव खिलध्वज पन्थी लगायत नेताहरुले मन्तव्य राखी सक्नु भएको छ र शुभकामना मन्तव्य राख्ने क्रम जारी छ l 

 कार्यक्रमको बिचमा कलाकारहरुका साङ्गितिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको छ l अधिवेशनले आगामी कार्यकालको लागी क्षेत्रीय समिति को चयन गर्ने छ l 

 यति खेर युनिक खबर तयार गरिरहेको अबस्था मा प्रमुख अथिति नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ ले सुभकामना मन्तब्य राखिरहनु भएको छ l

कार्यक्रम नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यता तथा कांग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरेको सञ्चालनमा अगाडि बढिरहेको छ l 

अधिवेशनमा मुसिकोट नगरपालिका,इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिका केहि वडा हरु बाट प्रतिनिधि,पर्यवेक्षक तथा पार्टी नेता तथा कार्यकर्ताहरूको वामी टक्सारमा ऊपस्थिति रहेको छ l

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।