प्रदेशको समितिले ५ महिना पछि एक कार्यक्रम गरि शोकसभा सम्पन्न

लोक छन्तेल✍

२०७८ बैशाख ३० गते असामहिक निधन भएका नेपाल छन्त्याल संघ लुम्बिनी प्रदेश अध्यक्ष श्री दल बहादुर घरब्जा छन्त्यालको संझनामा उहाँकै निवास स्थित नेपाल छन्त्याल संघ लुम्बिनी प्रदेश समितिले ५ महिना पछि,एक कार्यक्रम गरि शोकसभा सम्पन्न गरेको छ।

कोबित१९ को कारण कुनै गतिविधि गर्न नसकेकोले ५ महिना पछि एक कार्यक्रम गरि प्रदेश अध्यक्षको संझनामा विशेष शोकसभा कार्यक्रम सम्पन्न गरेको हो।

स्वर्गीय अध्यक्ष दल बहादुर छन्त्याल अल्पसंख्यक छन्त्याल जातिका पुर्ब केन्द्रिय सदस्य,नेपाल छन्त्याल संघ केन्द्रिय सल्लाहकार,तथा नेपाल आदिवासी/जनजाती रुपन्देही जिल्ला पुर्ब अध्यक्ष, विभिन्न सहकारी सस्थाका सस्थापक सदस्य,लगायत समाज सेवि गतिविधि कामकार्य गर्दै आउनु भएका कामका परिचित सैनामैनाका चर्चित ब्याक्ती थिए ।

दल बहादुरको असामयिक मृत्यु हुँदा छन्त्याल जातिलाई अतुलनीय क्षेति भएको भन्दै नेपाल भरिका छन्त्याल समुदायहरु चिन्तित भएका छन।

नेपाल छन्त्याल संघ लुम्बिनी प्रदेश समितिको आव्हानमा सम्पन्न गरेको शोकसभा कार्यक्रममा नेपाल छन्त्याल संघ केन्द्रिय पुर्ब सदस्य लोक प्रसाद घरब्जाको प्रमुख आतिथ्य तथा नेपाल छन्त्याल संघ रुपन्देही जिल्ला अध्यक्ष भरत घरब्जा छन्त्याल विशिष्ट अतिथि । लुम्बिनी प्रदेश छन्त्याल कोषाध्यक्ष भुपाल सिं भलम्जा।धावा प्रारम्भिक समितिका अध्यक्ष गंग बहादुर घरब्जा ।लगायत महिला सदस्य र युवा सदस्यहरुको सहभागिता रहेको थियो। सम्पन्न शोकसभा कार्यक्रम प्रदेश सचिब तारा बहादुर झिङराजा छन्त्यालको सन्चालन ,बरिस्ठ उपाध्यक्ष टिका बहादुर घरब्जाको सभापतित्वमा शोकसभा सम्पन्न भएको थियो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।