गुल्मीको वामीटक्सारमा समाजसेवि रिगल वैजु लाई गरियो सम्मान

वामीटक्सार

समाजसेवी रिगल वैजुलाई गुल्मीको मुसिकोटमा स्वागत तथा सम्मान गरिएको छ । पाल्पाको तानसेन नगरपालिका ३ भगवती टोल स्थायी घर भई हाल बेलायतमा रहनुहुने समाजसेवी वैजूलाई मुसिकोटमा एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको हो ।

जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि.मुसिकोट ७ वामीटक्सार गुल्मीको आयोजनामा वैजुले समाजमा गर्नुभएको सहयोगको कदर गर्दै सम्मान गरिएको हो । समाजसेवी वैजूले देशका विभिन्न ठाउँमा रहेका असहाय, अशक्त, गरिब र विपन्न नागरिकलाई सहयोग संगै अभिभावक विहिन बालबालिकाहरुलाई व्यक्तिगत खर्चमा अध्ययन गराउँदै आउनुभएको छ ।

जिटिभि नेपाल मार्फत प्रशारण हुने कार्यक्रम संघर्षका कथाबाट वैजूले हालसम्म देशका विभिन्न ठाउँमा झण्डै ८ लाख भन्दा बढी सहयोग प्रदान गरिसक्नुभएको अध्यक्ष दिपक नेपालीले बताउनुभयो । नेपालीले मनकारी व्यक्ति वैजूलाई गुल्मीमा स्वागत तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा जिटिभि नेपाल र सामुदायिक रेडियो पुष्पाञ्जलीले समाजसेवी वैजूलाई सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै समाजसेवी योगेन्द्र कुमार श्रेष्ठ, युनिक खबर डटकमका प्रधानसम्पादक रामकृष्ण कंडेल, सामुदायिक रेडियो पुष्पाञ्जलीका बरिष्ठ उपाध्यक्ष विवेक काफ्ले लगायतले समाजसेवी वैजूले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशसनीय रहेको भन्दै आफुहरुलाई समेत यस्तो कर्ममा लाग्ने प्रेरणा मिलेको बताउनुभएको थियो ।

जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जलीका महासचिव सुन्दर प्रधान, मालिका बोर्डिङ स्कुलका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठ, समाजसेवी बाबुराम खरेल, मेघ प्रसाद श्रेष्ठ, लियो क्लव अफ गुल्मी सालिमेका अध्यक्ष भुगोल सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो पुष्पाञ्जलीका उपाध्यक्ष कौरव खत्रीले गर्नुभएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको