सितापुर मा बि मुसिकोट नगरपालिका ९ ले मनायो ६१औं बार्षिक उत्सव कार्यक्रम

युनिक खबर✍️

सितापुर मा बि मुसिकोट नगरपालिका वाड न ९, अर्लाङ्कोट गुल्मीले आफ्नो स्थापनाको ६१औं बार्षिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।

बार्षिक उत्सवको अवसरमा आयोज़ना गरेको वडान ९ का बिध्यालय स्तरिय हाजिरिजबाफ प्रतियोगितामा ४ ओटा बिध्यालयको सहभागीता रहेको थियो।उक्त कार्यक्रममा सितापुर मा बि ले प्रथम स्थान,ददल्का मा बि ले द्वितीय स्थान, ज्ञानज्योतीले तृतीय स्थानमा बिजय हासिल गरेका थिए।हाजिर जबाफको सन्चालन शिक्षक रमेश खरेल र भुवानन्द गैरेले गर्नुभएको थियो।यसैगरी बिध्यार्थीहरुको पि टि प्रदशन कार्यक्रम ले निकै दर्शक हरुको मन छोएको थियो।

बिध्यालयले बरिस्ठ जग्गादाता टिकाराम सापकोटा सहित भुपु बिब्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु,सल्लाहकार सदस्यहरुको लागि सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ।बिच बिचमा साना साना बालबालिकाहरुले प्रस्तुत गरेका साङ्गितिक प्रस्तुतिहरुले कार्यक्रम निकै रोचक बनेको थियो।

समाजसेवी , बुध्दिजिवी र देश विदेशमा छरिएर रहनु भएका बिध्यालयका सम्पुर्ण शुभचिन्तकहरु प्रति बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङले हार्दिक आभार ब्यक्त गर्नुभएको छ साथै बिध्यालयको सफलताको लागि पुन सबैको सहयोगको खाचो रहेको बिचार ब्यक्त गर्नु भएको छ।

सितापुर मा बि लाई सफल बनाउन ,फुल्ने फल्ने गराउन सबैले दिलै देखि माया गर्न जरुरी रहेको बिध्यालय ब्यबस्थापन समितिका सदस्य केहरसिङ बि क ले युनिक खबर संग बताउनु भयो।

कार्यक्रममा बिध्यालयका आजिबन सदस्य रामकृष्ण कंडेल,टिकाराम सापकोटा,वडासदस्य शंकर परियार,वडासचिब सुवास सुनार,डिल्लिराज सापकोटा,भानु सापकोटा,डन्डपाणि सापकोटा,माधब न्यौपाने,तारा सापकोटा,यज्ञमुर्ती सापकोटा,चागुनारायण सापकोटा,घनश्याम गौतम,सुर्य सापकोटा,गोबिन्द बि सि,कर्णबहादुर बि क,अर्जुन गौतम,इश्वर शाहीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता बि ब्य स अध्यक्ष रामबहादुर गुरुङ ले गर्नुभएको थियो। शिक्षक नबराज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रममा लिलाकान्त न्यौपाने ले स्वागत मन्तब्य राख्नुभएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।