रुरुक्षेत्रका शिवमन्दिरमा महाशिवरात्रि मेला

कृष्ण अन्जान

महाशिवरात्रिकाे पावन अवसरमा रुरुक्षेत्रका विभिन्न शिवशक्ति पिठ हरुमा मेला भर्ने दर्शनार्थी हरुकाे भिड लाग्याे ।रुरुक्षेत्र २ काे अचम्मेश्वर महादेव र स्याङ्जाकाे किपट क्षेत्रकाे भृगुतुँगेश्वर मन्दिर मा बिहानै देखि भक्तजन हरुकाे भिडलागेकाे थियाे ।पवित्र कालिगण्डकीमा स्नान गर्ने र शिवमन्दिर मा जल धुप दिपका साथै बेलपत्र चढाउन स्थानिय गाउँघरबाट भक्तजन हरुकाे ठुलाे सँख्या अचमेश्वर र भृगुतुँगेश्बर मन्दिर मा पुगेका थिए ।

महाशिवरात्रि मेलालाइ लक्षित गरि मन्दिर व्यवस्थापन समितिहरुले यि मन्दिर हरुलाइ झकिझकाउ गरि सजाउनुका साथै श्रदालु हरुका लागि पिउने पानी तथा प्रसादकाे समेत व्यवस्था गरेका थिए ।यी शिव मन्दिर हरुमा यसक्षेत्रका ग्वादि याडुँग अाेखलढुँगा झमादि थाेर्गा च्युरेक भट्कुवा रिडी अस्लेवा काेटाकाेट कारिकाेट क्षेत्रबाट दर्शनार्थी हरु अाएकाे याडुँगका समाजसेवि रामु कुवरले जानकारी दिनु भयाे ।

शिवरात्रीकाे मेलालाइ व्यवस्थित रुपमा सन्चालन गर्न अचमेश्वर शिव मन्दिर क्षेत्रमा प्रहरी कार्यालय रिडीले विशेष सुरक्षा व्यवस्था समेत मिलाएकाे थियाे ।यसै गरि रुरुक्षेत्र १ च्यूरेककाे गाेलपाेखरीमा रहेकाे शिव मन्दिरमा पनि महाशिवरात्रिकाे अवसरमा मेला लागेकाे छ ।बिहानै देखि मन्दिरमा रुद्रिपाठका साथै मन्दिर व्यवस्थापन समितिले धार्मिक अनुष्ठान काे अायाेजना गर्नुका साथै ठुलाे सँख्यामा स्थानिय हरु मन्दिरमा फुलप्रसाद र बेलपत्र चढाउन पुगेकाे रुरु१ का मुमेश्वर ज्ञवालीले जानकारि दिनु भयाे ।

मन्दिर परिसरमा साँझ स्थानिय च्युरेक भजन समुहकाे शिव लगाएत अन्य भजन प्रस्तुत गर्ने कार्यक्रम समेत रहेकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको