२०५८ जेठ १९ लाई संझिदा : युनिक खवर

दरबाद हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते रातीको समयमा नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो ।

हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उनीहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाएका थिए ।उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोलीले उठाएको र आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो तर्कलाई पत्याएका छैनन् ।

उदार छवीका कारण राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय थिए । उनको हत्यापछि उनका भाइल राजगद्धीमा आसीन भए पनि उनले नेपालको राजतन्त्रलाई लामो समयसम्म टिकाउनै सकेनन् ।

दरबार हत्याकाण्डले नै नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको विऊ रोपेको एकाथरीको तर्क छ । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । ज्ञानेन्द्र नेपालको शाहवंशीय अन्तिम राजा हुन् ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको