मृगौला पिडीत अभिभावकलाई रेन्बाे ईँगलिश बाेर्डिँग स्कुलका शिक्षक र विध्यार्थीकाे सहयाेग

कृष्ण अन्जान✍️

मानिसका लागि जीवन सपना हाे , सपना हरु उनिन्छन बुनिन्छन जाेडिन्छन र ताेडिन्छन ।अाफुले देखेका सबै सपना पूरा कहाँ हुन्छन र तैपनि मानिस सपना देख्न भने छाड्दैन ।

रुरुक्षेत्र ३ थानपतिका कमल साेमै यतिबेला जिउने सपना देख्दैछन ।दुवै मृगौला फेल भएपछि जीवन जीउन खाेजि रहेका कमलका लागि कसैकाे सहयाेग जीउने सपना हाे ।

मृगौला फेल भएपछि महँगाे डाईलाेसिस गराई रहेका ३२ वर्षे युवा कमल साेमैका लागि यतिबेला बाँच्नु ठुलाे कुरा भएकाे छ ।

कमल साेमैले सजिलाेमा कति धेरैलाई सहयाेग गरे हाेलान तर यतिवेला उनी अप्ठ्याराेमा छन र सहयाेगकाे अाशा गरिरहेका छन ।

जीवनकाे अाराेह अवराेहमा अाईपर्ने दुखमा सबैकाे साथ चाहिन्छ ।

काेहिनुर साेमैका बाबा कमल साेमै बिरामी भएकाे खबरले विध्यालय का सर हरुलाई त प्रभाव पार्याे नै याे खबरले अाफ्नै सहपाठी काेहिनुर साेमैकाे बाबा काे पिडामा थाेरै पीडा बाँढ्ने मन रेन्बाे ईँगलिश बाेर्डिँग स्कुलका सा साना नानि हरुलाई पनि भयाे ।

शिक्षक हरुबाट सँकलित १३ हजार पाँचसय र विध्यालयका विध्यार्थी हरुबाट सँकलित ३६ हजार ७ सय सहित ५०हजार दुई सयकाे राशि सहित विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्रि र प्रिन्सिपल याेजन खत्रि ले काेहिनुर साेमैका हजुर बाबा दलविर साेमैलाई कमल साेमैका लागि विध्यालयमा एक कार्यक्रम मा रकम हस्तान्तरण गर्दै सिध्र स्वास्थ लाभकाे कामना गर्दा दुवै तर्फ अाँखा रसाए ।

सहयाेग हस्तान्तरण कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्रिले काेहिनुर साेमैलाई दस कक्षा सम्म निशुल्क पढाउने घाेषणा गरे ।

२०४९ साल पौषमा रुरुक्षेत्र गाउँ पालिकाकाे दाेस्राे ठुलाे बजार बलेटक्सारमा स्थापना भएकाे रेन्बाे ईँगलिश बाेर्डिँग स्कुल शैक्षिक गुणस्तर कायम गर्ने कुरामा अव्वल त छ नै सामाजिक उत्तरदायित्व मा पनि उत्तिकै जिम्मेवार छ ।

सामाजिक सचेतना सँगै बाताबरण सँरक्षणमा समेत अाफुलाई कृयाशिल बनाएकाे याे विध्यालयले २०७४ सालमा पनि विध्यालयका विध्यार्थी लाई मृगौलाकाे समस्या देखिए पछि १ लाख पचास हजार रकम सँकलन गरि हस्तान्तरण गरेकाे स्कुलका प्रिन्सिपल याेजन खत्रिले बताए ।

हामी गुणस्तरीय शिक्षा सँगै सामाजिक उत्तर दायित्व वहन गर्न जतिवेला पनि तयार छौँ काेहिनुर कमल साेमैकि मात्र छाेरी हाेईनन हाम्रो विध्यालयकी छाेरी हुन र उनका बाबा हाम्रो विध्यालय परिवारका सदस्य हुन त्यसैले पनि सहयाेग गर्नु हाम्रो कर्तव्य हाे प्रिन्सिपल याेजन खत्रिले भने ।

करिव ६ सय विध्यार्थीकाे अभिभाकत्व ग्रहण गर्दै बलेटक्सार जस्ताे ग्रामीण बजारमा सन्चालित याे स्कुलले २७ जनालाई राेजगारी दिँदै विध्यार्थी हरुलाई सामाजिक उत्तरदायित्व र असल सँस्कारकाे पाठ पढाइ रहेकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको