रेडियो पुष्पान्जलीको साधारण सभा तथा बार्षिक भेला शुरू

रामकृष्ण कंडेल,वामीटक्सार✍️

सामुदायिक रेडियो पुष्पान्जली ९७.४ मेगाहर्ज मुसिकोट नगरपालिका ७,वामीटक्सार गुल्मीको ५ औं साधारण सभा तथा ११औं बार्षिक भेला शुरूभईरहेको छ।भेलामा रेडियोका अध्यक्ष दिनेश खातीले रेडियोको कार्य प्रगती पेश गर्नुभएको छ।कोषाध्यक्ष अर्जुन सापकोटाले ५ औं भेलामा आर्थिक प्रतिबेदन पेश गर्नुभएको छ।

रूद्रावती एफ एम को नाममा गुल्मी तम्घासमा संचालन गर्ने निर्णय भएता पनि ०७० जेठ १२ गते समितिले सामुदायिक रेडियो पुष्पान्जली एफ एम ९७.४ मेगाहर्ज गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेडियो स्चेशन खरिद गरी वामीटक्सारमा यस रेडियोको स्थापना भएको हो।बि सं ०७० जेठ २९ गते देखि रेडियोले परिक्षण प्रसारण सुभारम्भ गरेको थियो।

मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन को प्रमुख आतिथ्यता,दिनेश खातीको अध्यक्षता,उपाध्यक्ष बिबेक काफ्लेको स्वागत मन्तब्य,सचिब शुन्दर प्रधानको संचालनमा कार्यक्रम अगाडी बढिरहेको छ।

आजको भेलाले रेडियोको नयॅा कार्य समिति चयन गर्ने रेडियोका सह कोषाध्यक्ष बिष्णु प्रसाद आचार्यले युनिक खवर डट कम लाई जानकारी दिनुभएको छ।कार्यक्रममा रेडियोका शेयरसदस्यहरू,जग्गादाताहरू,पत्रकारहरू,सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको