सँक्रमितकाे मनाेवल वढाउँदै रुरुक्षेत्रका जनप्रतिनिधि

कृष्ण अन्जान✍

काेभिड सँक्रमणकाे यतिवेला बढ्ने क्रममा छ ।गाउँ घरमा समुदायमा काेराेना सँक्रमण फैलिए सँगै एकातिर त्रास छ र अर्काे तिर समुदायकाे आत्मबल बढउनु पर्ने अवस्था पनि उत्तिकै छ ।

बढ्दाे काेराेना सँक्रमणले त्रसित समुदायलाई आत्मबलको आबश्यकता परिरहँदा रुरुक्षेत्र गाउँ पालिका भित्रका जन प्रतिनिधि हरु सँक्रमित क्षेत्रमा पुगेर आत्मबल बढाउने काम मा व्यस्त छन ।

रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विक साेमवार रुरु १ काे भट्कुवा एक्लेपिपल क्षेत्रका सँक्रमित सँग भलाकुसारी र अवस्थाका बारेमा साेधपुछमा व्यस्त देखिनुहुन्थ्याे ।

सँक्रमित हरुलाई यतिवेला आत्मबलको खाँचाे छ जनप्रतिनिधि हरुले सँक्रमण कसरी कम गर्ने र सँक्रमितकाे मनाेबल कसरी बढाउने भन्ने दायित्व वाेध हुनु पर्नेमा वडाध्यक्ष विक ले जाेड दिनु भयाे ।

वडा भित्र सँक्रमित क्षेत्रमा पुगेकाे छु आज यहाँ आए भाेलि भट्कुवाकाे माथिल्लो गाउँका सँक्रमित सँग भेट्ने कार्यक्रम छ वडाध्यक्ष विकले भन्नु भयाे ।

रुरुक्षेत्र ३ मा थानपतिमा पनि जनप्रतिनिधि हरु सँक्रमित काे घरघरमा पुगेर काेभिड बारेकाे जनचेतना र आत्मबल बढाउने काममा व्यस्त देखिन्छन् ।

हामी जनताबाट निर्वाचित प्रतिनिधि हौँ र जनता प्रति पुर्ण जिम्मेवार छौँ रुरु ३ कि वडासदस्य कविता गौतमले भन्नु भयाे ।

जनप्रतिनिधि हरुकै पहलमा मास्क सेनिटईजर खाेपकाे जानकारी स्वास्थ मापदण्ड हरु घरघरमा पुगेर सुचना दिएकाे रुरु ३ का वडासदस्य तिलक ज्ञवालीले भन्नु भयाे ।

त्यसाे त वडा न २ का वडाध्यक्ष घनस्याम अर्याल वडा न ४ का फर्सुराम ज्ञवाली वडा न ५ का हरि ज्ञवाली वडा न ६ का गिरी प्रसाद सिँजाली पनि कसरी सँक्रमण कम गर्ने र कसरी सँक्रमित हरुमा आत्मबल बढाउने भन्नेमा लागि पर्नु भएकाे छ ।

गाउँ पालिकाले सवै वडामा काेभिडकाे सरल चेकजाँच र काेभिड बिरुद्धकाे अभियानमा लाग्न हामिले जनप्रतिनिधि हरुलाई आग्रह गरेका छौँ रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्तले भन्नु भयाे ।

काेभिड बिरुद्धकाे अभियानमा सबैभन्दा कडा रुपमा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम देखिनु भएकाे छ ।

काेभिड विरुद्ध सवै सँयन्त्र परिचालित गरेका छौँ कुनै कमि रहन दिएका छैनौँ अध्यक्ष गौतमले भन्नु भयाे ।

स्वास्थका कर्मचारी सँगै जन प्रतिनिधि हरु आफ्नो क्षेत्रमा खटेका छन आईसाेलेसनमा अक्सिजनकाे कमि हुन दिएका छैनौँ तर काेभिडबाट बच्ने कुरामा समुदाय पनि अनुशासित बन्नु पर्याे हामिले बारम्बार भनिरहेकाे विषय हाे याे ।

निश्चय पनि अध्यक्ष गौतमले भने जस्तै समुदायको सतर्कताले काेभिड सँक्रमण हुन सक्ने मा दुईमत भने छैन ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।