पाकेनन असारे पुवा ,न बने बोँगाका अचार
गुल्मी
असारे मासको छिपछिपे हिलो
छि मलाई घिन लाग्याौ आहै छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छबिस रिन लाग्यो आहै छबिसै रिन लाग्यो
लौतबा लौ लौ लौतबा लौ लौ छबिस रिन लाग्यो ।।
असार पन्द्र पनि गईसकेको छ ,पानी बर्सेर रुरुक्षेत्रका तालखोला र जौ खोलामा मुल फुटेका छन तर यी खोलाका किनारका खेतहरु भने बाँझै छन ।
तालखोलाको पानीले सिँचाइ हुने बाँसटारी ,रामपुर पारी घुमाउरे र खुत्का खोलाले रोपाइँ हुने क्षेत्र ,जौखोलाले रोपाइँ हुने क्षेत्रहरू सबै बाँझै छन ।
रुरुक्षेत्र गाउँ पालिका वडा न ३ स्यालपोखरीकि हिमकला ज्ञवालीलाई सम्झना रोपाइँ भने पछि रोपाइँ गर्नेका घरघरमा असारे पुवा पाक्थे ,केराको बोँगाको अचार सँगै गौँका मिठा च्याल्ले रोटि पाक्थे । आलि खन्ने ,जोत्ने बिहानै देखि खेततिर जान्थे ,रोपाहार हरु मेला लाग्ने बेलामा गएर बीउ काढ्ने र खेतमा खोक लगाई सकेपछि रोप्ने बेला हुन्थ्यो ,रोपाहार खेताराहरुले वालि गाउँदै हिलो खेल्दै खेत रोप्थे ,दिउस घरकि आँबैले डोकामा बोकेर खेतमा पुर्याएको अर्नी त्यहि घिउ हालेर बनाएको असारे पुवा र केराको बोँगाको अचार मिठो मानेर खान्थे इँबरै सबै सम्झना मात्र भयो हिमकला ज्ञवालीले भनिन ।
रोपाईँ सकेपछि खोलामा हिलो पखालेर वालि गाउँदै रोपाहार हरु घर फर्किन्थे ।
रुरुक्षेत्रको जौखोला ,तालखोला र खुत्का खोलाको ९० प्रतिशत भागमा रोपाइँ हुँदैन जुन क्षेत्र यतिबेला बाँझै छन । यी बाँझा खेतहरु गाउँ बाट बसाई सरेर जानेहरुका हुन भने यहाँ बस्ने हरुले पनि पुर्खाका विरासत खेत बाँझै राखेका छन र अधिकाँश खेतहरुमा बयरका झाँग उम्रिएका छन ।
रुरुक्षेत्रको तालखोला ,जौखोला र खुत्का खोला क्षेत्रमा फल्ने धान अत्यन्तै स्वादिष्ट हुने गरेको सम्झना छ रुरुक्षेत्र १ का ओम ज्ञवालीलाई ,गर्न सम्म दुख गरियो बसाई सरेपछि रोपाइँ भन्ने कुरापनि बिरानो भयो खेत बाँझै भए ज्ञवालीले भने ।
तालखोला ,जौखोला र खुत्का खोलाको वरिपरिका क्षेत्र बाँझै रहेपनि ग्वादिको चौर र याढुँगको बोहा तिर भने रोपाइँ हुन छाडेको छैन ।
त्यसो त गाउबाट शहरतिर झरेपनि रुरुक्षेत्र १ ठाडाबाटका डाँडा खनिडाँडाडे लक्ष्मण ज्ञवाली ,हरी ज्ञवालीले बाबू बाजेको विरासत बर्सौँटा ,जौखोला तिरका खोले र टारी खेत बिर्सेका छैनन् र बर्सेनि गाउँ फर्केर रोपाइँ गर्दै आईरहेका छन ।
खेत रोप्न छाडेपछि खेतमा पुग्ने कुलाहरु भाटिएका छन ।यो क्षेत्रमा पुर्खाले दर्जनौं कुला निर्माण गरेका थिए तर पछिल्लो पिँढिले न ती कुलाको सँरक्षण गरे न त बाबू बाजेले जोरेको खेत नै सँरक्षण गरे ।
बजार तिर बसाइँ सरेपछि गाउँ मात्र बिर्सेनन पुराना सँस्कार हरु रिती रिवाज ,गाउँ घरमा उत्पादन हुने रैथाने बाली पनि बिर्से ।
हरेक वर्ष जस्तै यो वर्ष पनि असार ,साउन आउँछन् जान्छन बाँझा खेतमा न हल चल्छन न रोपाइँ हुन्छन ,बुढापाका मात्र गाउँ घरमा छन र तिनै बाँझा खेत हरु हेर्दै पुराना सम्झना मनमा साँचेर बाँच्न विवस रहेको पत्रकार कृष्ण अन्जानले समाचारमा लेख्नु भएको छ।