आफ्ना लालपुर्जाहरू गायब गरिएकोभन्दै दरमखोला हाइड्रो का संचालकको बिरोध

युनिक खवर✍️

दरमखोला हाइड्रो ईनर्जीका संचालक समितिले मनोमानी तबरले जग्गाधनीका लालपुर्जा पूर्णरूपमाा जफतगरी फिर्ता नगरेको भन्दै स्थानीयहरूले बिरोधका कार्यक्रमहरू शुरूगरेका छन।हाईड्रोका संचालकहरूले गर्छौं भनेका कामहरू नगरे सम्म अब आफुहरूले कुनैपनि कामहरु अब गर्न नदिईने बिरोध कार्यक्रममा सहभागिहरूले बताएका छन।

“जग्गादाताहरूको जग्गा फिर्ता नगरिएकोले साथै आफ्ना मागहरू पुरानभएको र संचालक समितिले आफुहरूलाई पटक पटक ढॅाटेकोले बिरोधका कार्यहरू शुरूगरिएको”स्थानिय बिबेक खरेलले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभयो।आयोजना लाई आफुहरूले दिएको जग्गा भन्दा अन्यजग्गामा आयोजनाको काम गरिएकोले आफुहरूले यथार्थ क्षतिपुर्ती पाऊनुपर्ने माग आज आयोजित कार्यक्रममा ब्यक्त गरिएको थियो।

०५५ साल देखि आफ्ना लालपुर्जाहरू गायब गरिएकोमा हाइड्रो ईनर्जीका संचालक समिति संग स्थानियहरूले आक्रोस ब्यक्तगरेका छन।जनताका खेत,सिॅचाई गर्न खनिएका कुला,यस क्षेत्रका बासिन्दाहरूले परापुर्वकाल देखिनै प्रयोगगर्दै आएका समसानघाटहरू सबै क्षतबिक्षत बनाईएकोले अव आफुहरू यस आयोजना संग चुप लागेर नबस्ने बिचार आजको बिरोध कार्यक्रममा उपस्थितहरूको भनाईरहेको थियो।

गल्कोट नगरपालिका वडानं ११ नुनथला,खारखोलामा आयोजित बिरोध कार्यक्रममा कॅाडेबास,दरबार,नुनथला,खारखोलामा बसोबासगर्ने र हाईड्रोको कामहॅुदा जग्गा गुमाऊन बाध्य जग्गाधनिहरूको उपस्थिती रहेको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको