रंगेहात मोटरसाइकल चोर पक्राउ

 जिल्ला प्रहरी कार्यालय पर्साले मास्टर साँचो बनाई मोटरसाइकल चोर्दै गरेको अवस्थामा १ जनालाई रंगेहात पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकीस्थित प्रभु हस्पिटलको अगाडी खाली ठाउँमा पार्किंग गरी राखिएको पर्साको धोबीनी गाउँपालिका वडा नम्बर ४ निवासी २३ वर्षीय गौरभ पटेलको प्र.२–०३–००८ प ७१३६ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल चोर्दै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको हो । 

प्रहरी चौकी बसपार्कबाट नियमित गस्तिमा खटिएको टोलीले बाराको कोहल्वी नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय जित बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीसँगै निजले प्रयोग गरेको ग९प ६६५९ नम्बरको २ सय २० सिसिकै पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

खनालका अनुसार चौधरीमाथी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । साथै चोरी कसूरमा संलग्न अर्का व्यक्ति घटनास्थलबाट फरार भएकाले निजको खोजी कार्य तिव्र पारिएको डिएसपी खनालको भनाई छ । 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।