नेकपा एमाले मुसिकोट ८ को बैठक आज वामीमैदानमा सम्पन्न

युनिक खबर✍️

 नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट वडा नम्बर ८ अन्तर्गत वडा कमिटीको बैठक आज वामीमैदानमा सम्पन्न भएको छ l बैठकमा प्रमुख अतिथि का रुप मा नेकपा एमाले मुसिकोट नगरकमिटि सचिवालय सदस्य तथा विद्यार्थी युवा इन्चार्ज नारायण सापकोटाले नेकपा एमाले लाई सशक्त र बलियो पार्टी बनाउनको लागि पार्टी पर्ती सक्रियताका साथ लाग्नु पर्ने कुरा व्यक्त गर्नुभयो l प्रमुख अथिति सापकोटाले आगामी पुस १७ गते शनिबार वामी टक्सारबजारमा पार्टीले आयोजना गरेको युवाहरूको नगर अधिवेशन लाई भव्यताका साथ सम्पन्न गर्नका लागि वडा नम्बर ८ बाट ठूलो संख्यामा युवाहरू लाई वामीटक्सार मा भाग लिन को लागि अनुरोध गर्ने लगायत विविध विषयमा आफ्नो महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो l 

 कमिटीको बैठकमा नगर पार्टी सचिवालय सदस्य तथा महिला नेतृ सत्या जीसि को विशेष उपस्थिति रहेको थियो l बैठकमा वडा कमिटीका पदाधिकारीहरु तथा सदस्यहरुले समग्र वडा भित्र का  गतिविधिहरूको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो l 

 वडा नम्बर ८ मा नेकपा एमाले लाई सशक्त,बलियो र जनतामा आश्रित पार्टी बनाउनको लागि विभिन्न निर्णयहरु समेत गरेको वडा कमिटी उपसचिव  सन्दिप खत्रीले युनिक खबर डट कम लाई जानकारी दिनुभएको छ l रिक्त रहेका ४ ओटा सदस्य पदहरुमा शिव बहादुर नेपाली,मुक्तबहादुर नेपाली,कोपिला परियार र जितबहादुर बिक लाई मनोनयन गरेको उपसचिव खत्री ले बताउनु भयो। चुराबहादुर खत्री,हिराबहादुर नेपाली ,चन्द्रबहादुर घर्ति, सन्दिप खत्री,सम्झना खत्री, रेशम नेपालि,मित्रलाल सापकोटा, नेत्रबहादुर दर्लामी,यादुमणि घिमिरे ,कोपिला परियार र कमला सापकोटा रहनु भएको ११ सदस्यीय सचिवालय निर्माण गरिएको छ।

बैठकमा कमिटी अध्यक्ष चुराबहादुर खत्रीको अध्यक्षता तथा पार्टी सचिव चन्द्रबहादुर घर्ति को सञ्चालन  रहेको थियो l 

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।