वामीटक्सारमा मानब कल्याण मित्र मंचको चियापान कार्यक्रम सम्पन्न

युनिक खवर,वामीटक्सार✍️

गुल्मीको वामीटक्सारमा मानब कल्याण मित्र मंच नेपालको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।संस्थाका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद अर्यालको बिशेष उपस्थितिमा वामीटक्सार स्थित दरबार होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।मुसिकोट नगरपालिकाका बिभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्ने सबै बक्ताहरूले मानब कल्याण मित्र मंच नेपालले मानब कल्याणको क्षेत्रमा गरेका कार्यहरूको प्रसंसा गर्दै गुल्मीमा पनि यो संस्थाको शाखा बिस्तार गर्न आवश्यक रहेकोले तत्काल यो कार्य अगाडि बढाऊन संस्थाका अध्यक्ष अर्याल संग माग गर्नुभएको छ।

कार्यक्रममा सहभागिहरूको सल्लाह सुझाब लाई मनन गर्दै अध्यक्ष अर्यालले आफु बुटवल फर्की सके पश्चात संस्थाको बैठक डाकिने र गुल्मीमा शाखा बिस्तारको प्रस्ताब बारे छलफल र निर्णय गरिने प्रतिबध्दता ब्यक्त गर्नुभएको छ।

लामो समय देखि मानब कल्याणको अभियानमा लागिरहनु भएका केन्द्रिय अध्यक्ष अर्याल लाई वामीटक्सार स्थित दरबार होटलका संचालक अनुप पान्डे,डिलाराम खरालले स्वागत एवम सम्मान कार्यक्रमको आयोजना गर्नुभएको थियो।उहॅाहरूको आयोजनामा बरिष्ठ सई लक्ष्मण बि क ले अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो।

चियापान कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवन,नेकपा एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्ले,समाजसेवि अग्निधर लोहनी, नेकपा एमाले जिल्ला सदस्य नारायण सापकोटा,रेडियो पुष्पान्जलीका अध्यक्ष अर्जुन सापकोटा,रेडियो पुष्पान्जलीका महासचिब शुन्दर प्रधान,वामीप्रहरी चौकी प्रमुख बरिष्ठ सई लक्ष्मण बि क,नेपाल रेडक्रस सोसाईटी मुसिकोटका डिलाराम खरेल,संस्कार जागरण अभियानका अध्यक्ष भोजराज सापकोटा,होटल ब्यबसायी मंच मुसिकोटका अध्यक्ष बिबेक काफ्ले,होटल ब्यबसायी मंच मुसिकोटका पुर्व अध्यक्ष फुलप्रसाद सापकोटा,रूद्रावती बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष भुवन के सी,महेन्द्र आदर्श नमुना मा वि का बिब्यस अध्यक्ष सन्तोष शाक्य,ग्लोबल बैंक वामी शाखा प्रबन्धक बिष्णु कॅुवर,सालिमे दुग्ध डेरी का अध्यक्ष श्रीकृष्ण सापकोटा,पत्रकार सागर भन्डारी,मुसिकोट युवा क्लबका उपाध्यक्ष अनुप पान्डे,मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि बी जि सी लगायतको उपस्थिति रहेको थियो।

मानबताबाद,मित्रता,बिश्वशान्ति,लोकतन्त्र र राष्ट्रियताको प्रतिक मानब सेवामा समर्पित यस संस्थाले मानब कल्याणको क्षेत्रमा संचालन गरेका कार्यहरू निकै प्रसंसनिय छन।

कार्यक्रमको संचालन युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेलले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको