स्वतन्त्र पार्टी छाडेर लुम्बिनी प्रदेश संयोजक सुजन एमालेमा

बुटवल  

नेपाल स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले मा फर्किएको फेसबुक पेज मार्फत जनाएका छन । नेकपा एमालेमा प्रवेश गरेको जनाएका ज्ञवालीले विगतको आफ्नो ईतिहास सम्झिँदै लेखेका छन म विद्यार्थी जिवनकाल देखि नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेको शसक्त भातृसंगठन अनेरास्ववियुबाट राजनितिक यात्रा सुरु गर्दै ज्ञवा माध्यमिक विध्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष, ,गुल्मी जिल्ला कमिटी सचिबालय सदस्य,श्रीङ्गेश्वर बहुमुखी क्याम्पस स्वबियु सभापती हुँदै पार्टिका विभिन्न जिम्मेवारीमा रहदै आफ्नो सिर्जनसिल जीवन ब्यतित गर्दै पार्टिको अग्रगामी बिकासका निम्ति योगदान गर्दै आइरहेको थिएँ तर केही समय अगाडी आएको स्वतन्त्र पार्टिको हावाको झोक्काले मलाइ पनि छोयो। 

उनले पार्टी परित्याग गर्नु पर्ने कारणका बारेमा लेखेका छन करिब अढाई महिना प्रादेशिक नेतृत्वमा रहेर हेरे,बुझे र अनुभव गरे पनि।त्यति मात्र नभइ केन्द्रका गतिविधि निकट बाट नियाले तर यथार्थ त्यो रहेनछ केबल क्यानभास मात्र रहेछ l

एमाले प्रवेश बारे उनले लेखेका छन तर सत्य मात्र मैले रगत पसिना बगाएको आम नेपालीको ढुकढुकी नेकपा एमाले रहेछ यो कुरा सत्य रहेछ र अन्य जे सुकै भए पनि अन्ततोगत्वा सत्यको नै बिजय हुन्छ भनेको भएरै छाड्योअतम आम युवाहरुको सम्बोधन गर्ने,राष्ट्र र राष्ट्रियतको पक्षमा लडिरहने जनताको प्रिय पार्टी नेकपा एमालेमा आजका मिति देखि पुन बिगतमा भन्दा पनि सक्रियता पुर्बक अर्थपूर्ण ढङ्गले राजनीतिक जिवनमा योगदान गर्ने हिसाबले अगाडी बढेको कुरा सबैमा जानकारिका निम्ति सम्प्रेषण गरेँ उनले लेखेका छन । 

उनी अगाडी लेख्छब मलाइ यो भावुकता बाट यथार्थमा नेकपा एमालेमै रहिरहन मार्गदर्शन दिनुहुने र नेतृत्व प्रदान गर्न सहयोग गर्ने केन्द्रिय नेतृत्व र सम्पुर्ण कमरेडहरु प्रती कृतज्ञ रहिरहनेछु ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।