भाइरल गरौँ शेयर गरौँ!

भीम ऊपाध्याय✍

हत्याको अभियोगमा भारतको हिमांचल प्रदेशको नाहन जिल्ला सिरमुरस्थित मोडेल सेन्ट्रल जेलबाट २२ वर्षपछि गत बिहिबार छुटेका ७१ वर्षीय नेपाली नागरिक लालबहादुर राना परिवारसंग सम्पर्क नभएको कारणले अलपत्र परेको छन् । उनको परिवारसँग विगत १० बर्षदेखि सम्पर्क छैन। हाल थुनामुक्त भए पनि परिवारका कुनै सदस्य नभेटिएका कारण रानालाई जेलबाहिरमा सुरक्षित स्थलमा जेल प्रशासनसंग समन्वय गरी राखिएको छ।

उनले आफ्नो घर जिल्ला थाहा नभएको तर गाउँ सगरमाथाको कटुन्जे, गैरीगाउँ बताईरहेका छन्।

उनले आफ्नी पत्नीको नाम सुनमाया राना, छोरा बमबहादुर राना र छोरी लिलामाया राना रहेको बताएका छन् ।

लामो कानुनी एवं न्यायिक लडाइँका लागि सामाजिक सङ्गठन नेपाली एकता मञ्चका केन्द्रीय सचिव आर बी खड्का र सल्लेरी सोलुखुम्बुकी सामाजिक कार्यकर्ता पूजा फुयाल लगायत टीमले सहजिकरण गरेका थिए। लालबहादुर राना दाइलाई परिवारसंग पुनर्मिलन गराउन सबैले यो पोष्ट सेयर गरेर भाईरल गरिदिऔँ, अवश्य चॉडै भेट हुनेछ। सम्पर्क मोबाइल नं +919958492898 RB

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।