गुल्मी वामीका समाजसेवि कृष्णप्रसाद काफ्ले रुपन्देहीमा कोषाध्यक्षको उम्मेदवार

रामकृष्ण कडेल,वामीटक्सार✍️

गुल्मी जिल्लाको साविक वामी गाविसका प्रख्यात सामाजिक तथा शैक्षिक व्यक्तित्व कृष्णप्रसाद काफ्ले रूपन्देहीमा कोषाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ।चैत २१ गते दुधनाथ थारु बहुमुखी क्याम्पसको हुन गइरहेको छैटौँ अधिवेशनमा काफ्लेले आफु लाई कोषाध्यक्षको पदमा उमेद्वार घोषणा गर्नुभएको छ।लामो समय सम्म शिक्षा क्षेत्रको अनुभव सङ्गाल्नु भएका काफ्ले यतिखेर गुल्मीको वामी बाट बसाइसराई गरी रुपन्देहीको फर्साटिकटमा बसोबास गर्दै आउनु भएको छ। समाजसेवा र राजनीतिलाई महत्वपूर्ण कार्यभारको रुपमा अगाडि बढाउनु भएका परिपक्व अगुवा काफ्ले यतिखेर रुपन्देहीको उक्त क्षेत्रमा चर्चित समाजसेबीको रुपमा समेत स्थान बनाई सक्नुभएको छ।

धार्मिक,शैक्षिक र राजनैतिक व्यक्तित्वको भूमिकामा परिचय दिन सफल कृष्णप्रसाद काफ्ले क्याम्पसको कोषाध्यक्ष पदको बलियो दाबेदारका रुपमा देखिनु भएको छ।’आफु लाई सबै मतदाता हरूले चिनेको र राम्रो संग बुझेकोले अत्यधिक मतका साथ आफुले कोषाध्यक्ष पदमा बिजय हॉसिल गर्ने तथा क्याम्पसको शैक्षिक तथा आर्थीक अबस्था लाई थप मजबुत बनाऊनका लागी अथक मिहिनेत गर्ने छु’काफ्लेले आफ्नो प्रतिबध्दता ब्यक्त गर्नु भयो।

गुल्मीमा रहदा शैक्षिक संस्था संचालनको लामो अनुभव सङ्गाल्नुभएका काफ्लेको कोषाध्यक्ष पदको उम्मेदवारी लाई यसक्षेत्रमा अर्थपूर्ण रूपले हेरिएको छ।गोविन्द घिमिरे अध्यक्ष रहनेगरी सञ्चालक समिति पदका उम्मेदवारहरुले प्यानलनै बनाई प्रचार प्रसार कार्यलाई तीव्रता दिनुभएको छ।अर्को तर्फ ५ दलिय गठबन्धन पनि चुनाबको लागी तयारीका साथ अगाडि बढेको बुझिन्छ।क्याम्पसका आजिवन सदस्य र सभानायक समेत गरी कुल ९६५ जना मतदाता रहेको बताईएको छ।जे जती दल हरू मिलेर गठबन्धन गराएता पनि आफु र आफ्नो प्यानल धेरै अगाडि रहेको काफ्लेले बताऊनु भयो।

उम्मेदवारको लागि आज क्याम्पसले फर्म बितरण,भोली मनोनयन दर्ता,२१गते मतदान को निर्बाचन कार्यतालिका रहेको छ।२१ गते निर्बाचन हुनेभएता पनि धेरै दिन पहिले देखिनै निर्बाचनको सरगर्मी बढेको छ।दुधनाथ थारु बहुमुखी क्याम्पस रुपन्देही जिल्ला भित्र उच्च शिक्षाको लागि राम्रो स्थान बनाइसकेको क्याम्पसको रुपमा हेरिएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको