गुल्मीको कालीगण्डकी गॅाऊपालिकाले ल्यायो ३५ लाखको गाडी !

सज्जन ढकाल,युनिक खवर✍️

गुल्मीको कालीगण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को बजेटमा लु १ झ ८३३ नम्बरको २०२३ मोडेल महेन्द्र कम्पनिको डबल क्याप बोलेरो गाडी ३५ लाखमा खरिद गरेको छ।गाडी खरिदका लागि गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ मा ३५ लाख रकम बिनियोजन गरेको थियो।चार लाख रकम गाडी डेकोरेसनमा खर्च गरिएको पालिकाले जनाएको छ।

यस भन्दा अघि खरिद गरिएको स्कारपियो गाडी हुँदा हुँदै नयाँ बोलेरो गाडी खरिद गरिएको हो।कालीगण्डकीका निर्बाचित जनप्रतिनिधि संगै प्रशासकिय अधिकृत लाई गाडी मोह देखिएको छ।गाडी चालक खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिने प्रशासकिय अधिकृत नरेश गिरिले जानकारी दिए ।

कालीगण्डकीको भौगोलिक अवस्था जटिल हुँदा चिल्ला गाडी सबै भुगोलमा पुग्न असहज भएकाले अनुगमन संगै कार्यालय प्रयोजनका लागि फोरबिल गाडी खरिद गरिएको गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले बताए । दुई-दुई वटा गाडी कसरी संचालनमा ल्याउनु हुन्छ? भन्ने हाम्रो प्रश्नमा "डिजल राख्ने ड्राईभरले चलाउने" भन्दै गैरजिम्मेवार पूर्ण ठट्यौली जवाफ दिए।

गाउँपालिकामा गाडिको अभाव हुँदा बार्षिक १७ देखि १८ लाख भाडाका गाडिमा खर्च हुनेगरेकाले जनप्रतिनिधि संगै कार्यालय प्रयोजनका लागि नयाँ बोलेरो गाडि खरिद गरिएको उपाध्यक्ष मन्जुकुमारी दर्लामीले बताईन ।

पुरानो स्कारपियो गाडी मर्मतको लागि काठमाडौ लगिएको छ।नयाँ गाडी सञ्चालनमा आईसक्दा आज सम्म पालिकाले गाडि चालकको लागि बिज्ञापन प्रकासित गरेको छैन।आफू अनुकुलका गाडी चालक नियुक्ति गर्न भित्र भित्र दौडधुप भैरहेको विशेष श्रोतले बताएको छ ।

बिकास बजेट अभावको समयमा सवारी साधन हॅुदा हॅुदै सवारी साधन खरिदमा बजेट बिनियोजन गर्नु जनप्रतिनिधि संगै कार्यालय प्रमुखको गाडी मोह हो भन्छन यहॅाका सर्बसाधारणहरू।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको