गुल्मीको एक विद्यालयको साईन्स ल्यावमा अरेली कांडैले च्वास्स च्वास्स

गुल्मी, १ माघ ।कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापचौरको श्री दुर्गाभवन माध्यमिक विद्यालयको साईन्स ल्यावमा शिक्षक/शिक्षिकाहरु ‘अरेली काँडैले मलाई च्वास्स च्वास्स’ बोलको गीतमा मस्तसँग नाचिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शिक्षक शिक्षिकाले शैक्षिक मर्यादा,शिक्षा ऐन, नियमावलीको धज्जी उडाउँदै कार्यालय कक्षमै नाचगान गरेपछि पछिल्लो समयमा चौतर्फी आलोचना भइरहेको छ,उक्त भिडियो क्लिप युनिकखबर डटकमलाई प्राप्त भएको छ।शिक्षा आर्जन गर्ने पवित्र पाठशालाभित्र शिक्षक/शिक्षिकाको यस प्रकारको क्रियाकलापले सिङ्गो विद्यालय सामाजिक संजालमा बदनाम भएको छ।पदीय मर्यादाको उल्लंघन गरेको भिडियो सामाजिक संजालमा पोष्ट भएपश्चात सर्वत्र आलोचना भएको छ ।

विद्यालयको साईन्स ल्याव लाई रोदीघर बनाउनु दुःखद रहेको एक अभिभावकले बताए ।यस विषयमा स्थानीय निकाय अनभिज्ञ रहेको स्रोतले जनाएको छ।नाचगान गर्नु गराउनु बेग्लै कुरा हो तर शिक्षकको पेशागत मर्यादालाई आँच पुग्ने गरी कार्यकक्षमै नाच्नु राम्रो होइन भन्ने स्थानीयको तर्क रहेको छ।शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले हामिसंगको कुराकानीमा आफुलाई यस बिषयमा केही जानकारी नभएको र सत्य तथ्य बुझेर प्रतिकृया दिने धारणा ब्यक्त गर्नुभयो।

कालीगष्डकी गॅाऊपालिका वडानं ७ का वडाध्यक्ष घनश्याम थापाले युनिक खवर डटकम संग भन्नुभयोः”मैले पनि १/२ दिन अगाडि शिक्षकहरूको भिडियो बारे थाहापाएको छु।शिक्षकहरूका यस प्रकारका गतिबिधीहरू अभिभावकहरूले मन पराएको अवस्था छैन,ऐले विद्यालय बन्द छ।विद्यालय खुल्नासाथ यसको बारेमा उपर्युक्त निर्णय गर्नेछौं।”

विद्यालयका प्रधानाध्यापक बिजय ढकालले भिडियो प्रकरणले विद्यालय लाई निकै घाटा पुगेको बिचार ब्यक्त गर्नुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको