हृषिकेश रथयात्राले रुरुधाम रमाईलो

कृष्ण अन्जान, रुरुधाम रिडी✍️

शुक्रवार बिहानै देखि रुरुधामक्षेत्रमा चहल पहल शुरुभयो र यो निरन्तरता शनिवार साँझ सम्म चल्यो । हरिबोधनि एकादशी र द्वादशी रुरुधाममा रहेको ऋषिकेश भगवानको जात्रा लाग्ने दिन हो । हरिबोधिनी एकादशीका दिन पवित्र कालीगण्डकी स्नान र हृषिकेश लगाएतका मठमन्दिर हरुमा दर्शन गर्ने दर्शनार्थी हरुको ओईरो लाग्छ ।

सोहि दिन गुल्मी तर्फबाट बाजागाजा सहित फुलपाती पाल्पा तर्फ रहेको ऋषिकेश मन्दिरमा लाने गरिन्छ । द्वाउशीको दिन हृषिकेश भगवानको मुर्ति सहितको रथ बाजागाजा भजन किर्तन सहित रिडीबजार र अर्गली क्षेत्रमा डुलाउने चलन छ । 

पाल्पाली राज मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्न लाग्दा गण्डकी नदी भित्र मुर्ति फेला परेको ऐतिहासिक प्रमाण रहेको छ । बिक्रम सम्बत १८१९ मा रणदल पाण्डेले कमलको आकार भएको मन्दिर बनाई गजुर चढाएको शिलालेखमा उल्लेख छ ।हृषिकेश भगवानको जात्रा बिक्रम सम्बत १९४५ बाट शुरु भएको र यो जात्राले १ सय २४ वर्ष पूरा गरेको तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए । 

यहि हृषिकेश मन्दिरमा नियमित पुजा चलेको छ । अर्गलीका भट्टराई परिवारले पालैसँग पुजारीको काम गर्दै आएका छन । मुख्य रुपमा भक्त जनले दिएको अक्षयकोषको ब्याज ,भगवान हृषिकेशको गुठि खेतको आम्दानी ,नेपाल सरकार गुठी सँस्थान बाट प्राप्त हुने वार्षिक अनुदान ,स्थानीय तह र अन्य सँघ सँस्थाबाट प्राप्त हुने सहयोगले हृषिकेश रथयात्रा सन्चालन भईरहेको छ । 

मन्दिर व्यवस्थापनका लागि बिक्रम सम्वत २०५६ सालदेखि गुठी सँस्थानले हृषिकेश मन्दिर व्यवस्थापन समिति गठन गरेको छ र मन्दिरको भौतिक निर्माण देखि अन्यकाम हरु समितिले गरेको व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम भट्टराईले जानकारी दिए । कोभिडका कारण विगत दुईवर्ष हृषिकेश रथयात्रा प्रभावित भएपनि यो वर्ष भने हर्षोल्लासका साथ रथयात्रा गरिएको छ । गुल्मी ,स्याङ्जा र पाल्पाका आमा समूह ,भजन टोलिका भजन सँगै नाच गान भक्तजन ,स्थानीय बोर्डिँग स्कुलको ब्याण्ड सहित बिध्यार्थी हरुको सगभागितामा रथयात्रा निकालिएको थियो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।