कस्तो रहयो वामीटक्सारमा महाबिर पुनको सम्मान?

युनिक खवर,वामीटक्सार✍️

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महाविर पुन लाई गुल्मीको मुसिकोट नगरपालिकामा स्वागत गरिएको छ।मुसिकोट नगरपालिका वडानं ७ स्थित जीपपार्कमा पुन लाई स्वागत गरिएको हो। सरल तथा भद्र स्वभाव भएका बैज्ञानिक पुन लाई स्वागत सम्मान,उहाँले लेखेको पुस्तक बिक्री तथा नागरिक सँग स्नेह मिलन कार्यक्रमले निकै चर्चा पाएको छ।

कसरी संभव भयो वामीटक्सारमा महाबिर पुनको सम्मान कार्यक्रम?

वामीटक्सारमा महाबीर पुन लाई ल्याऊने कामको योजना युनिक खवर डटकम का प्रधानसम्पादक रामकृष्ण कंडेलको हो।प्रधान सम्पादक कंडेलले बैज्ञानिक पुन संग फोन सम्पर्क गरी वामीटक्सारको कार्यक्रमको बारेमा कुराकानीभयो।कंडेलको आग्रह लाई बैज्ञानिक पुनले गंभिरताका साथ लिनुभयो।मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुट्नुभएका पुन संग एकाएक फरक जिल्लामा कार्यक्रम आयोजना हुनु र समय मिलाऊन केही जटिलताहरू थिए।कार्यक्रम कसरी राम्रो गराऊनेभनी नव खवर डट कमका प्रधान सम्पादक बिष्णुप्रसाद आचार्य र छड्के न्युजका प्रधानसम्पादक बसन्त अधिकारी संग कंडेलले कार्यक्रमको जानकारीका साथै सकृय भुमिकाको अपेक्षा सहित अनुरोध गर्नुभयो।दुबै मिडीया प्रमुखहरूले सक्दो सहयोग गर्ने प्रतिबध्दता सहित काममा लाग्नुभयो।

बिहान सबेरै नगरप्रमुख जिवलाल खरेल जीवन लाई कार्यक्रमको आयोजना बारे जानकारी गराईयो।"यो निकै राम्रो कार्यहो,यस लाई राम्रो गराऊन के गर्नु पर्छ भन्नुस, हामिले सहयोग गर्छौं”नगरप्रमुख खरेलको यो भनाईले यस कार्यमा उत्साहा थपियो।

समाजसेवी ब्यक्तित्व रमेशचन्द्र खरेलले हामीलाई उत्साहा थप्नुभयो।“यो कार्यक्रम निकै महत्वपुर्ण छ,मैले पनि १ लाख सहयोग गर्ने छु।”कार्यक्रम गरौं खरेलको सल्लाह थियो। यस प्रकारका खुसीका खवरहरूले कार्यक्रम गर्नैपर्ने माहोल सृजना भयो।बिहान ७ बजे बैज्ञानिक पुन लाई फोन सम्पर्क गरियो र कार्यक्रम गर्नेनै निर्णय भयो।महाबिरको स्विकृती पश्चात युनिक खवर डट कमले वामीटक्सारमा कार्यक्रम हुने सुचना पोष्ट गर्यो।युनिक खवर,नब खवर र छड्के न्युजका प्रतिनिधीहरूले फोन तथा सामाजिक संजाल मार्फत सबै लाई उपस्थितहुन आग्रह गरियो।बिदेशमा कार्यरत ब्यक्तित्वहरूले पनि यो कार्यक्रम लाई भव्य बनाऊन निकै गहन सुझाबहरू दिनुभयो।कार्यक्रमत हुनेनै भयो कहॅा गर्ने भन्ने सम्बन्धमा केही छलफलहरू भए।होटलको ब्यबस्थित हल वा बाहिर खुला।कहॅा ठिक होला?मेयर खरेलले कार्यक्रम खुला ठाऊॅमा गरौं,जीप पार्कमै गरौं भन्नुभएकोले सोही अनुसार जीप पार्कमा कार्यक्रम स्थल तोकियो।

कार्यक्रममा सम्मान कस्तो रहयो?

सरल शान्त स्वभावका महाबिर लाई बढी तढक भडक मन पर्दैन भन्ने सबै लाई थाहाभएकै कुरा हो।पंचेबाजा बजाएर स्वागत गरौंकी भन्ने बिचार पनि आएको हो त्यसो नगरौं भन्ने सल्लाह अनुसार सामान्य पुष्पगुच्छा,माला र अबिरले स्वागत गरियो।

महाबिरको संबोधन

वामीमा धेरै कार्यक्रमहरू सम्पन्न भएका छन।ठुला ठुला नेताहरूको आगमन र संबोधन पनि भएका छन तर महाबिरको संबोधनले छुट्टै शन्देस दिएको छ।बैज्ञानिक कस्तो मान्छे हुन्छ?,बैज्ञानिक के बोल्छन,कस्तो बोल्छन होला भन्ने कौतुहल्ता वामीटक्सारमा आयोजित कार्यक्रममा पुनको संबोधनले प्रष्ट पारेको छ।झन्डै ४०-४५ दिने यात्राको क्रममा आयोजित सम्मान कार्यक्रममा भनाईहरू भाषणको रूपमा राखेको वामीटक्सारको कार्यक्रम बन्नपुगेको छ।यस कार्यक्रममा महाबिरले सबैले बुझ्नेगरी यो अभियानको बारेमा प्रकाश पार्नुभयो।

राष्ट्रिय आविष्कार केन्द्र लाई आर्थिक सहयोग प्रदान

यस कार्यक्रममा स्वयं आफै उपस्थित भएर राष्ट्रिय आविष्कार केन्द्र लाई अध्यक्ष पुन मार्फत मुसिकोट ५ ईन्द्रेगौंडा निनासी रमेशचन्द्र खरेलले रू १ लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ।मुसिकोट ७ टार गुल्मी निवासी तेजनारायण सापकोटाले रू १० हजार, मुसिकोट ७ पल्टार गुल्मी निवासी महेस्वर घिमिरेले रू ५ हजार सहयोग गर्नुभयो।मुसिकोट नगरपालिकाको तर्फबाट ५० थान पुस्तक खरिद गरियो साथै कार्यक्रममा उपस्थित मुसिकोटबासिहरूले सयौं पुस्तकहरू खरिद गर्नुभएको छ।सम्झना,सपना र अविरल यात्रा नामक पुस्तक किन्न मुसिकोट नगरबासी नागरिकको उत्साहजन सहभागिता रहेको थियो।

धार्मिक,सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरू गर्ने बानीपरेका यस क्षेत्रका बासिन्दाहरूको लागि बैज्ञानिक सम्मान कार्यक्रम पृथक रहनु स्वभाबिक हो।"अनलाईन मिडियाको महत्व बास्तबमै आज महसुस गरें,निकै राम्रो कार्यक्रम भयो।”मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपाली ले बताऊनुभयो।

सात समुन्द्र टाढा कोरियामा रहनुभएका समाजसेवि युवा ब्यक्तित्व हेमनाथ खराल हेमन्तले सामाजिक संजालमा यस कार्यक्रम सम्पन्न भएपश्चात आफ्नो प्रतिकृया यसरी लेख्नुभएको छः "स्वागत सम्मान गरियो ठुला मान्छेहरुको सफाकुरा सुनियो, साँच्चै कति प्रष्ट निस्वार्थ बोल्नुहुन्छ डा•महाबीर पुन। लामोलामो भाषण गर्नेहरुले सिक्नुपर्छ कर्मशिल विद्वान बैज्ञानिक बाट।सयौँ पुस्तकहरू बिक्री भए, ठुलो मन हुने दानी हातहरु जुरुक्क उठे, कसैले एक लाख कसैले दस हजार कसैले पाँच हजार रकम राष्ट्रिय आविस्कार केन्द्र लाई सहयोग गरे।"

महाविर पुन आइदिनु भयो यसका लागि आभारी छौं।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको