कस्तो आयो गुल्मी मुसिकोटको बजेट?

गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएको छ ।नगरपालिकाको १४ औं नगर सभामा उपप्रमुख गंगा श्रेष्ठ ले ६६ करोड ५७ लाख १२ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।

प्रस्तावित बजेट मध्ये चालु खर्च करिब रु. ४५ करोड १ लाख ८९ हजार रहेको छ भने पुजीगत खर्च २१ करोड ५५ लाख २३ हजार ८ सय ९३ रहेको छ ।

संघिय सशर्त, प्रदेश सशर्त र संघीय विशेष बाहेक नगरपालिकाले आफै बजेट तथा कार्यक्रम तर्जुमा गर्ने कुल रु ३० करोड ५५ लाख ६२ हजार ८ सय मध्ये चालु खर्च रु १३ करोड २८ लाख ३९ हजार ३ र पूँजीगत खर्च १७ करोड २७ लाख २३ हजार ८ सय ९३ रहेको छ ।

त्यसैगरी प्रस्तावित बजेटलाई क्षेत्रगत रुपमा हेर्दा नगरपालिका आफैले बजेट तथा कार्यक्रम बनाउने रकम मध्ये सबैभन्दा बढी पूर्वाधार विकासमा करिब १३ करोड ७७ लाख २३ हजार ८ सय ९३ र सबैभन्दा कम सुशासन तथा अन्तर्सम्बन्धीत क्षेत्रमा रु १ करोड ३९ बजेट विनियोजन भएको छ ।

कार्यालय संचालन तथा प्रशासनिक तर्फ ७ करोड ३१ लाख, आर्थीक विकास तर्फ रु २ करोड २९ लाख ६२ हजार र सामाजिक विकास तर्फ रु ५ करोड ७८ लाख ७७ हजार ३ रहेको छ । जुन कुल नगरपालिकाको बजेटको क्रमशः २३, ८ र १९ प्रतिशत हुन आउँछ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको