मान्छे मार्न कसरी सक्छ मान्छेले ?

मान्छे मारेर, काटकुट गरी सुटकेशमा प्याक गरेर फ्याँकिदिने– यो एउटा जघन्य, अमानवीय हर्कत हो भन्नेमा दुईमत छैन । तर, कोही महिला किन यस्तो काममा उद्यत हुन्छिन् ? केही कुरा उनकै मुखबाट सुनेको छ ।

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएकी छन् । उनले १५ वर्षिया छोरीसँग मिलेर गत साता आफ्नै कोठामा दाङका ४२ वर्षीय कृष्णबहादुर बोहोरालाई मारिन् । मारेपछि जिउलाई सुटकेशमा, टाउको र खुट्टा अर्कै झोलामा राखेर फ्याँकिन् । अनि, भोलिपल्टै छोरीसँग चितवन भागिन् ।

अस्ति सोमबार दिउँसो टेकुस्थित प्रहरी हिरासतमा भेटिएकी उनले सुनाइन्, दिनमा तीनपटक १० एमजीको ‘ट्रयाड’ (triad- 10 mg) नामक औषधी सेवन गर्नुपर्ने कुरा । यो औषधीले मानसिक समस्याका कारण बढ्ने एकाग्रता र उत्तेजनालाई नियन्त्रण गर्छ । अर्थात्, उनी साढे एक वर्षदेखि डिप्रेसनको शिकार भएकी छन् । सोमबार प्रहरीलाई सुनाउँदै थिइन्, त्यही औषधीले कृष्णबहादुरलाई मारेर, काटकुट पार्नेसम्मको काममा साथ दियो ।

कल्पनाको कथा

१७ वर्षको उमेरमा चितवन, कालिकानगर– ८ का मीनबहादुर मुडभरीसँग विवाह भयो । माइत पतिको घरबाट नजिकै छ । पतिको पुरानो ठाउँ बर्दिया हो । त्यहाँ अहिले पनि खेतीपाती छ । तर, बसोबास चितवनमै ।

पति मीनबहादुरले वैदेशिक रोजगारीमा जानुअघि बर्दियामा घर बनाइदिए । त्यहाँ कल्पना, दुई छोरी र छोरा बस्थे । तर, मीनबहादुर विदेशमै भएको बेला बर्दियाका छरछिमेकले अनेकन लाञ्छना लगाए । विभिन्न केटाहरुसँग नाम जोड्दै बद्नाम गर्न थाले । त्यसपछि उनी त्यहाँ बस्न सकिनन्, काठमाडौं छिरिन् ।

छोरा सानै थिए । उनलाई त्यतै छाडिदिइन्, छोरी साथमै लगिन् । बर्दियाका गाउँलेले लगाएको लाञ्छना विदेशमा रहेका पतिले पत्याएपछि एक्ली भइन् ।आफन्त भनिने गाउँमा बस्न दिएनन्, विदेशका पतिले खर्च पठाउन छाडे । गाउँमै छाडे पनि छोरासहित तीन सन्तानको रेखदेख, पालनपोषण उनले नै गर्नुपथ्र्यो ।

शुरुमा त बर्दियाबाट भरतपुर फर्किइन् । तर, बालबच्चा पाल्न आयमूलक काम पनि गर्नुपर्ने कारण १० वर्षदेखि काठमाडौंमा बस्न थालिन् । गाउँमा रहेको छोरालाई काठमाडौं ल्याइन् । तीन वर्षअघि विदेशमा रहेका पति काठमाडौं आए । तर, गाली र यातनाबाहेक केही दिएनन् । धेरै वर्षमा भेटिएका पतिले सुख, दुःख सोध्लान्, माया गर्लान् भन्ने आशा थियो, तर भएभरका अपशव्द बोलेर आफ्नो बाटो लागे । अरुले सुनाएका कुरा पत्याएर, छोरीसमेतलाई अनेकन लाञ्छना लगाउँदै हिँडे ।

शहरको महंगीमा बालबच्चा पाल्न गाह्रो थियो । ‘सरी ल’ र ‘डिठ्ठा सा’ब’ जस्ता हाँस्य सिरियलमा कहिलेकाँही काम गरिन्, तर पैसा त्यति राम्रो पाइनन् । त्यसपछि कोठाभाडा तिर्ने र बालबच्चाको पढाई खर्च उठ्ने काम गरिन् (काम बताइनन्) । दुई वर्षअघि स्काई पार्टी प्यालेसबाट छोरीको विवाह गरिन् । पतिलाई खबर गरिन् तर उनी न विवाहमा आए, न खर्च पठाए । कल्पना एक्लैले त्यो खर्च धानिन् ।

पतिले छाडेर, माया मारेर हिँड्नाले उनलाई कोही पुरुषको साथ पाइएला भन्ने आश भयो । तर, आशैआशमा धोकामात्र पाइन् । मान्छे हो, मन हो, बरालिन्छ नै । त्यही क्रममा कृष्णबहादुरसँग भेट भयो । हृष्टपुष्ट शरीर भएका उनले आफूसहित बालबच्चाको ख्याल गर्ने, माया गर्ने गर्थे । चाहिएको बेला पैसा पनि दिन्थे । एवं प्रकारले घनिष्ठता बढ्यो । छोरीको विवाहको ऋण तिर्नु थियो । पुरानो ऋण तिर्न कृष्णबहादुरसँग नयाँ ऋण लिइन् । तर, उनले आफूसँग घनिष्ठता राख्ने बहानामा छोरीतिर लागेपछि सहिनसक्नु भयो । प्रतिवाद गरिन्, तर कृष्णबहादुरले बानी सुधारेनन् । बरु, उल्टै पैसाको कुरा झिकेर धाक र धम्की दिन थाले ।

पतिले गरेको अपमान, एक्लै सन्तान हुर्काउनुको तनाव, अनि आफूलाई माया गर्ने नाममा कृष्णबहादुरले छोरीमाथि शारीरिक शोषण गरेका दृश्य– यी कुराले मर्नु कि बाँच्नुजस्तो बनाउँदै लग्यो । तर, सन्तानका निम्ति मर्नुभन्दा बहुलाउनु निको मानिन् । एउटी छोरीको विवाह गरे पनि अर्की छोरी र छोराको सिंगै भविष्य काँधमा थियो । यस्तै–यस्तै कुराले डिप्रेसनको शिकार भइन् ।

एकै छिनमा रिस उठ्ने र टाउको दुख्ने, फेरि निको भएजस्तो हुने समस्या आएपछि डाक्टरलाई देखाइन् । डाक्टरले डेढ वर्षअघि दैनिक तीन पटक सेवन गर्नु भनी १० एमजीको ‘ट्रयाड’ नामक औषधी दिए । तर, त्यसले पनि थेग्न सकेको छैन । पटकैपिच्छे कृष्णबहादुरबाट बलात्कृत हुनुपरेको कुरा छोरीले सुनाउँथिन् र कल्पनालाई तनाव हुन्थ्यो ।

यस्तै तनावका बीच कृष्णबहादुर आफूकहाँ आएको दिन घटना हुन पुग्यो । त्यसदिन खाना खान्छु भनेर कृष्णबहादुर पुगेका थिए, रक्सी आफैँले किनेर लगे । जानासाथ पैसाको कुरा निस्कियो र एकछिन झगडा प¥यो । त्यसपछि कल्पनाले छोरीमाथि दुव्र्यवहारको कुरा निकालिन् । अनि, कृष्णबहादुर मारौँलाझैँ गरेर कराउन थाले ।

कल्पनाको रिसको पारो पनि त्यही रफ्तारमा बढ्यो । अनि, दहीमा हालेर चार चक्की स्लिपिङ ट्याब्लेट खुवाइन् । कृष्णबहादुर एकैछिनमा बेहोस भए । त्यसदिन निक्कै ठूलो पानी परेको थियो । विष्णुमति खोलाभन्दा पाँच सय मीटर वर कल्पनाको कोठा । शुरुमा त कृष्णबहादुरलाई त्यत्तिकै कोठामा छोडेर भाग्ने सोचिन् । तर, आफूमाथि सीधै आरोप लाग्ने कारण विष्णुमतिमा लगेर फ्याँक्ने योजना बनाइन् ।

आमाछोरी भएर बोक्न खोजे, तर निक्कै भारी भएका कारण सम्भव भएन । त्यसपछि हो, काटकुट पारेर फ्याँकिएको । शुरुमा उनीहरुले विष्णुमतिमा लगेर फ्याँक्न चाहेका थिए । तर, पानी बेस्सरी परेको र बाटोतिर मान्छेहरु धेरै नभएका कारण सुट्केश र झोला विष्णुमतिसम्म पु-याएनन्, त्यतै फ्याँकिदिएको समाचार जनआस्थाले प्रकाशित गरेको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।