पहिलो प्रयासमै हिट कुशुम : यसरी भइन् सकम्बरी

दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् ।

उनी अर्थात् कुशुम शर्मा, प्रकाश सपुतको बहुचर्चित सकम्बरी शीर्षक गीतकी फूलमाया ।

कुशुम अहिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झार्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता आइलागेको छ उनलाई ।

यतिबेला नेपाली सङ्गीतिक क्षेत्रमा सपुतको फूलमाया बोलको गीतले तहल्का पिटेको छ । वर्ष २०८० को पहिलो दिन अर्थात् वैशाख १ गते सार्वजनिक उक्त गीतको पक्ष र विपक्षमा एकातिर चर्चा परिचर्चा छ भने अर्काेतिर युट्युबमा ट्रेन्डिङमा १ नम्बरमा छ । दैनिक दश लाख दर्शक बढ्दो छ । सम्भवतः नेपालमा यति छिटो यति धेरै भ्युज पाउने यो पहिलो गीत हो ।

गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरका अतिरिक्त भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष फूलमायालाई गलत मानिसहरुले कसरी सकम्बरी बनाइ दिन्छन् भन्ने कथा बुनिएको छ ।

भिडियोमा फूलमाया- सकम्बरीको भूमिकामा छिन् कुशुम । आफू अहिले फूलमाया- सकम्बरीको परिचयले चिनिएकी बताउँछिन् उनी । ‘गीत सार्वजनिक भएदेखि नै मलाई सबैले सकम्बरी भनेर चर्चा गरिरहेका छन्’, उनले भनिन् ‘अहिले नाम ओझेलमा छ ।’

अभिनयबाट सकारात्मक प्रतिक्रिया आइरहेको कुशुम सुनाउँछिन् । उनले थपिन्, ‘अभिनयको बेला गीत यतिको हिट हुन्छ भनेर सोचेकै थिइन् । त्यो हिसाबले पनि बढी खुसी छु ।’ 

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको