असल कर्मचारी आफ्नो कर्तब्य पालन गर्दा राजनीति संग लड्नुपर्छ:भीम उपाध्याय

भीम उपाध्याय ✍

नेपालमा जनसेवामा समर्पित एउटा असल कर्मचारी आफ्नो कर्तब्य पालन गर्दा राजनीति संग लड्नुपर्छ; नाताबादीसंग भिड्नुपर्छ; भ्रष्ट संग पैठाजोडी खोज्नुपर्छ; जुम्सो, अक्षम, गैरजिम्मेवार, असहयोगी अन्यायी हाकिम तथा सहकर्मीसंग पंगा लिनुपर्छ; ब्ल्याकमेल गर्ने, निरूत्साहित गर्ने, चरित्रहत्या गर्न हात धोएर लागिपर्ने मीडियासंग द्वन्द गर्नुपर्छ; र यी सबैका अतिरिक्त जसका लागि यसरी भिडिन्छ तिनै कृतघ्न जनसाधारणको कुदृष्टिबाट पनि पिरोलिनुपर्छ । यसमाथि परिवार चलाउन बेलाबेलामा आईपर्ने अभावका कारण तनावमा रहनुपर्छ । अनि यति हंडर भोग्दै किन कोही कसैले जनताका निम्ति मरिमेट्ने भन्ने प्रश्न खडा हुनु स्वाभाविक भएन र?

म कर्मचारी प्रति यो भनाई संग कहिले सहमत भईन, छैन र हुने छैन- जनताले तिरेको तीरोले तिमीहरूको दानापानी चल्छ ।

कर्मचारीले बिसौँ वर्ष खुब पढेर, अनेक परीक्षा पास गरेर, आफ्नो श्रम बेचेर र किमति जवानी तिलान्जली दिएर कमाएको दानापानी हो जागिरको तलब। कैदीलाई जस्तो राज्यले कर्मचारीलाई पालेको हुदै हैन । राज्यले त कर्मचारीको बुद्धि र श्रम किनेको हो । कर्मचारीले आफूले बेचेको बुद्धि र श्रमको मुल्य लिएको हो । नेपालमा राज्यले कर्मचारीको न्युनतम आवश्यकता समेत पूरा गरिदिने ठेक्का लिने गर्दैन, लिदैन, अन्य देशहरूमा जस्तो !

अरूको खुशीमा खुशी हुने र अरूको दु:खमा दु:खी हुने र सहयोगको हात बढाउने बाहुल्य भएको समाज मात्र मानवीय समाज हो । नेपाली समाज प्राचीन कालदेखि यही चरित्रले मानवीय रहदै आएकोमा विगत केही दशक देखि उल्टो देखिन थालेको छ- परपीडक, द्वन्दपिपासू, आरिसे ! यसतर्फको यात्राको दिशा परिवर्तन गर्ने काममा मीडियाको भूमिका अग्रणी हुनुपर्नेमा यहॉ पनि ठीक उल्टो द्वन्दको आगोमा घिउ थप्ने देखिदै छ । मानवताको असल पक्षलाई प्राथमिकता दिदै जान सके यस दिशामा अधिकाँस नेपालीलाई प्रेरित गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास र धारणा हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको