गौतम समाजले गर्याे स्वास्थ सामाग्री हस्तान्तरण

कृष्न अन्जान

थाेर्गा बुटवल गौतम समाजले रुरुक्षेत्र ३ काेट स्थित थनपति स्वास्थ्य चौकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ ।

समाजकाे तर्फबाट स्वास्थ चौकीलाई सर्जिकल मास्क ५ सय थान २० थान पिपिई र भिटामिन सि चक्कि हस्तान्तरण गरिएकाे हाे ।

बुटवलमा विभिन्न पेशा व्यवसायमा अावद्द थाेर्गेली गौतम समुदायको सहयाेगमा काेभिड काे भयावहताबाट केही भए पनि राहत मिलाेस भनेर स्वास्थ चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएका थाेर्गा बुटवल गौतम समाजका सह सचिव अाशिष गौतमले जानकारी दिनु भयाे ।

स्वास्थ सामाग्री बुझ्दै थानपति स्वास्थ्य चौकीका प्रमुख गणेश राणाले नया भेरियन्ट सहितकाे काेभिड नियन्त्रण मा थाेर्गा बुटवल गौतम समाजकाे प्रयास सह्रानिय भएकाे बताउनु भयाे ।

हस्तान्तरण कार्यक्रममा अाफ्नाे धारणा राख्दै रुरिक्षेत्र ३ थानपतिका वडा सचिव बालकृष्ण गौतमले सामजिक सँघ सँस्था हरुले काेभिड नियन्त्रण मा खेलेकाे प्रयास र सहयाेग प्रसँसनिय भएकाे बताउँदै समुदायमा अझै सजगताकाे खाँचाे भएकाे बताउनु भयाे ।

स्वास्थ सामाग्रि हस्तान्तरण कार्यक्रममा स्वास्थ चौकिका कर्मचारी हरुकाे सहभागिता रहेकाे थियाे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको