प्रकाश काफ्लेको संयोजकत्वमा मानब कल्याण मित्र मन्च गुल्मी शाखा गठन

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको वामीटक्सारमा प्रकाश काफ्लेको संयोजकत्वमा मानब कल्याण मित्र मन्च गुल्मी शाखा गठन भएको छ।रूद्रावति बहुमुखी क्याम्पसमा आयोजित भेलाले मानब कल्याण मित्र मन्च गुल्मी शाखा गठनको लागि १३ सदस्यिय तदर्थ कार्य समिति चयन गरिएको हो।तदर्थ समितिमा संयोजक प्रकाश काफ्ले,सहसंयोजक टंकनाथ भन्डारी,सचिब डिलाराम खरेल,सहसचिब अर्जुन सापकोटा,कोषाध्यक्ष लक्ष्मण फुल्लेल,सदस्यहरूमा क्रमश रामकृष्ण कंडेल,डि बी जि सी,यमभक्त खरेल,कृष्ण सापकोटा,विवेक काफ्ले,सागर भन्डारी,देवीराम घिमिरे र भुवन काफ्ले रहनुभएको छ।

मानब कल्याण मित्र मन्च नेपालका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद अर्याल गुल्मीको वामीटक्सार आई आयोजित चियापान कार्यक्रममा उपस्थित यस क्षेत्रका ब्यक्तित्वहरूको बिचमा भएको छलफल अनुसार यस संस्थाको गुल्मी शाखा गठनको लागि काफ्लेको संयोजकत्वमा तदर्थ समिति चयन गरिएको हो।तदर्थ समितिले संस्थाका केन्द्रिय पदाधिकारीहरू संग सहकार्य गर्ने,संस्थाको नियमानुसार कार्य अगाडि बढाऊनको लागि उपर्युक्त निर्णयहरू गर्ने बताईएको छ।

मानब कल्याण मित्र मंच नेपाल को गुल्मी शाखा गठनको लागि तदर्थ समिति चयन हुनुले यस क्षेत्रमा आशा पलाएको देखिन्छ।’मानब कल्याणको लागि निरन्तर लामो समय देखि कृयाशिल यस संस्थाको कार्य क्षेत्र बिस्तारहुनु अत्यन्तै जायज कर्म हो,हामी सबै संग मिलेर यो पुन्य कार्य अगाडि बढाऔ’केन्द्रिय अध्यक्ष अर्याल को आग्रह छ।

भेलामा रामकृष्ण कंडेलले मानब कल्याण मित्र मंच नेपाल को महत्व,उध्देश्य,कार्यक्षेत्र र अभियानको बारेमा प्रकाश पार्नुभएको थियो।वडाध्यक्ष हरिहर सापकोटाको प्रमुख आतिथ्यता,प्रकाश काफ्लेको अध्यक्षता रहेको कार्यक्रमको संचालन डिलाराम खरेलले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको