परराष्ट्र मन्त्री ज्ञवाली द्वारा गुल्मी का फुटबल खेलाडी मगर लाई उपचारार्थ २ लाख सहयोग

युनिक खवर✍️

नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवाली ले गुल्मी का फुटबल खेलाडी मोहन तरामु मगर लाई रु दुई लाख सहयोग गर्नुभएको निरमाया त्रामु मगर ले गुल्मी ठुलो लुम्पेक,चेमी बाट युनिक खवर डट कम लाई बताउनु भएको छ।

त्रामु मगर का अनुसार गुल्मीका युवा तथा कुशल फुटबल खेलाडी मोहन यतिबेला शल्यक्रिया पश्चात् शरीरको छातीभन्दा तलको भाग नचल्ने र सहयोगीको सहायताले सम्पुर्ण कार्य गर्नुपर्ने भएकाले बनेपा स्थित थेरापी हस्पिटलमा थेरापी गराई रहेका छन।लामो समय हस्पिटलमा रहेर उपचार गराउनु पर्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट आर्थिक,नैतिक,भौतिक सहयोग अवस्यक देखिएको छ।

" गुल्मीका उत्कृष्ट फुटबल खेलाडी मोहन तरामु मगर कम बोल्ने,खेलमा कडा परिश्रम गर्ने अत्यन्तै सहयोगी ब्यक्तित्वले परिचित मोहन साथीहरु र आफ्नै मेहनतले विभिन्न ठाउमा खेल प्रदर्शन गरे।

यसका अलवा जिल्ला स्थित रेसुङ्गा र पुल्चोक फोर्टिन स्टार लगाएतका क्लबमा सदस्यको रुपमा रहि खेल खेले भने कैयौं पटक फुटबल प्रतियोगिताको कोच र रेफ्रीको कुशलताका साथ भुमिका निभाएका छन" निरमाया ले बताउनु भयो।

मोहन जिल्ला र देशको एक गहना हुन।यसैका खातिर एउटा होनहार खेलाडीको उच्चसम्मान गर्दै उनको स्वास्थ्य अबस्थाको जानकारी लिदै अझ उपचारमा थप टेवा पुगोस भन्ने हेतुले नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली(गुल्मी क्षेत्र नं.१का सांसद) ले दुई लाख बजेट छुट्याइ दिनु भएको छ।

उहाँलाई सम्पुर्ण गुल्मेली तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्नो योग्यता,क्षमताले "मोहन बचाउ"अभियानमा जोडिनुहुने सबैको तर्फबाट बिशेष आभार ब्यक्त गरिएको "मोहन बचाउ"अभियान कि सहयोगी त्रामु मगर ले बताउनु भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको