उँखु खुदाे र गुँड उत्पादनले आत्म निर्भर बन्दै थाेर्गेली किसान

कृष्ण अन्जान

कुनै पनि विकास आयाेजना त्यस आयाेजना परिचालन गर्ने पदाधिकारीहरुकाे सुझबुझका कारण सफल बन्छ ।

यस्तै रुरु गाउँपालिकाकाे वडा न ३ काे थाेर्गा सँगै पयग क्षेत्र र वडा न ४ काे दार्सिँगवास क्षेत्रलाइ समेटेर शुरु गरिएकाे उखु ब्लक क्षेत्र यतिवेला रुरुक्षेत्रकै सबै भन्दा सफल कृषि परियाेजना बनेकाे छ ।

नगदेबालीकाे रुपमा रहेकाे उँखू त्यसबाट उत्पादन हुने खुदाे र गुँडले यतिबेला उँखु ब्लक क्षेत्रका किसान हरु व्यवसायिक सँगै आत्म निर्भर समेत बनेकाे उँखु ब्लक सन्चालक समितिका अध्यक्ष हुतराज गौतमकाे भनाई छ ।

हामीले उँखु किसान हरुलाइ विना विभेद वहाँहरुले माग गरे बमाेजिम अनुदान मा ऊँखुकाे बीउ मल उँखु पेल्ने मशिन हाते ट्याक्टर खुदाे पकाउने कराई खुदाे राख्ने ड्रम का साथै गुण उत्पादनका लागि आवस्यक पर्ने आवस्यक सामाग्री वितरण गरेका छौँ अध्यक्ष गौतमले भन्नु भयाे ।

विगतमा करिव २ सय राेपनी क्षेत्रमा लगाइएकाे उँखु याे वर्ष पाँचसय राेपनी क्षेत्रमा किसान हरुले व्यवसायीक रुपमा उँखु लागाएका छन र मुख्यतया उँखु व्लक सन्चालक सनितीले कसरी उँखु किसानलाई धेरै भन्दा धेरै सुविधा दिन सकिन्छ भन्ने कुरामा आफुलाइ केन्द्रित गरेकाे अध्यक्ष गौतमले बताउनु भयाे ।

उँखु व्लक सन्चालक समितिले उँखु किसानलाई सजिलाे हाेस भनेर स्थानीय स्यालपाेखरीमा आफ्नाे कार्यालय स्थापना गरेर परामर्श सँगै आवस्यक सामाग्री समेत उपलब्ध गराउँदै आएकाे छ ।

उँखु ब्लक सन्चालक समितिले याे क्षेत्रमा लागाईएका उँखु मा कुनै राेगलागे प्राविधिक सेवा उपलब्ध गराउँदै आएकाे छ भने आवस्यक तालिम गाेष्टी सँगै उँखु किसान सँग प्रत्यक्ष भेटघाट र छलफल चलाउँदै आएकाे छ ।

उँखु ब्लक सन्चालक समितीकाे उत्प्रेरणामै किसान हरु उत्साहित हुँदै उँखुकाे व्यवसायीक खेती शुरु गरेकाे रुरु ३ फेक्लदिका किसान लेखनाथ गौतमले बताउनु भयाे ।

याे वर्ष आफुले बीस राेपनी जग्गा लिजमा लिएर उँखु लगाएकाे बताउनु भयाे ।

लेखनाथ गौतम जस्ता सयौँ किसान हरुका वारि याे वर्ष उँखु खेतीले लपक्कै ढाकेकाे छ ।

थाेर्गामा उत्पादित खुदाे गाउँमै गुँड पार्नमा खपत हुने र अझै रुरु ३ का चाेलनाथ ज्ञवालीले त गाउँ घरमा उत्पादित उँखुनै आफुले खरिदेर घरमै पेलेर खुदाे र गुँड उत्पादन गर्न थालेपछि उँखु समेत किसानले बारीबाट बेच्न सक्ने भएका छन ।

राज्यबाट बिनियाेजित बजेटकाे सहि सदुपयोग र उँखु ब्लकले गरेका खर्चपर्चबारे गाउँ भरिका किसानलाई राखेर पटकपटक सार्वजनिक गरेकाे उँखु ब्लक सन्चालक समितिकाे काममा पारदर्शिता समेत पाईएकाे छ ।

उँखु खुदाे र गुँड उत्पादनलाई प्रचारप्रसार र बजारिकरणमा गर्दै किसानकाे उत्पादन लाई उचित मुल्य मा बजार सम्म पुर्याउन र खुदाे र गुँडकाे थाेर्गेली ब्रान्ड कायम गर्ने कार्यमा हर बखत उँखु ब्लक सन्चालक समिति खटेकाे देखिन्छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको