उन्नत जातको घाँस खुवाउँदा गुल्मीमा ११ बाख्रा मरे

३० बिरामीगुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउँदा ११ वटा माउ बाख्रा मरेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन । लगातार तीन दिनसम्म परेको वर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर, सुडान जातको कलिलो घाँस खुवाइएको र त्यसपश्चात बाख्रा बिरामी परेका संचालक महाशर्मा भण्डारीले बताए।घाँस खुवाएको एक दिनपछि बाख्रा एक्कासि बिरामी परेका र सोमबार साँझ ११ वटा बाख्रा मरेका भण्डारीले बताए। कलिलो घाँस खुवाएपछि सोही फर्मका अन्य ३० बाख्रा भने बिरामी परेका छन्।बिरामी बाख्रालाई आवश्यक औषधि गरिएको र अवस्था सुधारात्मक रहेको चन्द्रकोट गाउँपालिकाका पशु शाखा संयोजक ईश्वरीप्रसाद वलीले जानकारी दिए। भण्डारीको फर्ममा मरेका बाख्राको मूल्य दुई लाख २० हजारभन्दा बढी हुने वलीले बताए। वलीका अनुसार पालुवा घाँसमा रहेको नाइट्रेट र एसियन नामको विषादी तत्वले गर्दा बाख्रा मरेका हुन्।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको