शिक्षामन्त्री श्रेष्ठले भने, ‘१० दिने पर्यटन काज शिक्षकहरुका लागि पनि हो’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पर्यटन काज शिक्षकहरुका लागि पनि भएको स्पष्ट पारेका छन् । कतिपय शिक्षकका पेसागत संघसंस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेका बेला शिक्षामन्त्री श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताएका छन् । उनले भने, ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन् । १० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

- नागरिक खबर

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको