समृध्द चारपाला युवा अभियान द्वारा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण

रामकृष्ण कडेल, गुल्मी 

✒गुल्मीदरबार गाउपालिका अन्तरगत रहेको समृद्ध चारपाला युवा अभियान समुहले गाउपालिकाको चारपालाका विभिन्न बिध्यालयहरु र स्वास्थ्य सस्थाहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

गुल्मीदरबार गाउपालिका वडा नम्बर ७ को ठुलापोखरा माद्यामिक बिद्यालयका गरिब तथा जेहन्दार विद्यार्थी हरुका लागि ४९ थान सुइटर ,२००पिस माक्स र १ लिटर सेनिटाइजर , रेसुङ्ग बोडिङ इस्कुल ५०० पिस माक्स र १ लिटर सेनिटाइजर , गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ को इस्वरी उच्च मा.वि ९ थान सुइटर ,५५०पिस माक्स ,र १ लिटर सेनिटाइजर, गङ्गा नि मा बि वडा नम्बर ६ लाई ४१ पिस सुइटर ,५५० पिस माक्स ,१ लिटर सेनिटाइजर , त्यसै गरि दरबार देबिस्थान स्वस्थ चौकी का लागि १०० पिस माक्स, चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाइको लागि ५० पिस माक्स , भलाएचौर हेल्थ हर्टका लागि ५० पिस माक्स , ठुलान आधारभूत स्वास्थ्य केन्द्रका लागि ५० पिस माक्स ,चारपाला प्रहरी चौकी का लागि ५० पिस माक्स वितरण गरेको कार्यक्रमका संयोजक एबम समृध्द अभियान नेपाल प्रमुख भिम बहादुर टन्डनले जानकारी दिनु भयो । समृध्द चारपाला अभियान नेपालका प्रमुख ट्न्डनको अध्यक्षता ,वडा नम्बर ७ का वडाध्यक्ष टोप बहादुर बस्नेत प्रमुख आतिथ्यता ,वडा नम्बर ६ का वडाध्यक्ष हिरा बाहादुर खत्री को विशिष्ट आतिथ्यता , सस्था का सल्लाहाकार हरि अर्यल , रामु खत्री को विशेष आतिथ्यता एबम वडा नम्बर ६ र ७ का वडा सद्स्यहरु , समाजसेवीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी ७ नम्बर वडाका वडाध्यक्ष बस्नेतले युवाहरुको समाज सेवा प्रती को लगाब र सद्धभावको प्रशंसा गर्नु भएको थियो ।

त्यसै गरि ६ नम्बर वडाका वडाध्यक्ष खत्रीले युवाहरु समाजका अभिन्न अंग भएकोले समाज र देश बिकासका निम्ति युवाहरुको सहभागिता अपरिहार्य रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सल्लाहकार हरि अर्यालले युवाहरु विभिन्न कुलतमा फसिरहेको बेला चारपालाका युवाहरु भने आफ्नो क्षेत्रमा रहेका गरिब असाहाय एबम अशक्तहरु लाई विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको प्रती गर्व महसुस भएको बताउनु भएको थियो ।

इस्वरी माबीका प्रधानाध्यापक हरि बहादुर कार्की ,गङ्गा नि मा बि का प्रधानाध्यापक इन्द्र थापा , ठुलापोखरा नि मा बि का प्रधानाध्यापक राम बहादुर खत्रीले सस्था लाई धन्याबाद ब्यक्त गर्नु भएको थियो । कुल ७३ हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष कमल राज कार्कीले जानकारी दिनु भयो । सस्थाले गरिब असाय एबम आर्थिक समस्याले गर्दा उपचार गराउन, बाट बन्चित थुप्रै लाई सहयोग गरि सकेको र आउने दिन हरु मा पनि सहयोग गर्ने सस्थाका सचिब बिकास ट्न्डन ले बताउनु भएको छ ।

कार्यक्रम सस्थाका कोषाध्यक्ष एबम कार्यक्रमका ब्यबस्थापक हिमाल ज्ञवालीले सन्चलान गर्नु भएको थियो भने कार्यक्रम को स्वगत मन्तब्य प्रमुख सद्स्य अर्जुन अधिकारीले गर्नु भएको थियो। उक्त कार्यक्रम स्वदेस तथा बिदेस मा रहनु भएका चारपाला निवासी युवाहरुको आर्थिक सहयोग बाट साम्पन्न गरिएको सस्था का सचिब एबम कार्यक्रमका सहजकर्ता बिकास टन्डन ले जान्कारी दिनु भयो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको