एमालेको गुल्मी इन्चार्जमा दिनेश पन्थी,मैना र जङ्ग सहइन्चार्ज

रामकृष्ण कंडेल ✍️

नेकपा(एमाले) को सम्पन्न दोश्रो केन्द्रिय कमिटी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ।भक्तपुरमा सम्पन्न बैठकले गुल्मी जिल्ला को इन्चार्जमा पार्टी केन्द्रीय सदस्य दिनेश पन्थि लाई जिम्मेवारी दिएको छ।पन्थि यस अघि पनि गुल्मीको इन्चार्जको रुपमा हुनुहुन्थ्यो।

केन्द्रिय कमिटी बैठकले सहइन्चार्जमा पार्टी केन्द्रीय सदस्यहरु क्रमशःमहिला नेतृ मैनाकुमारी भन्डारी र युवा नेता जङ्ग नेपाली लाई जिम्मेवारी तोकेको छ।

"वडा देखि केन्द्रसम्म विकासको खाका तयार गर्दै आगामी निर्वाचनमा वहुमत प्राप्त सरकार निर्माणको माध्यम बाट कार्यान्वयनमा अगाडि बढ्ने स्पष्ट कार्यक्रमिक कार्यदिशा सहित नेकपा एमाले जनताको वीचमा जाँदैछ" केन्द्रीय कमिटी बाट इन्चार्जमा चयन पश्चात् पन्थीले युनिक खबर डट कम संगको कुराकानीमा बताउनु भयो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रिय कमिटिमा दश प्रतिशत सदस्य मनोनयन,पोलिटव्युरो गठन,स्थायी कमिटी गठन लगायत विभिन्न जिम्मेवारीहरु बाडफाड गरेको छ। साथै सातै प्रदेशको इन्चार्ज समेत बैठकले तोकेको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।