गुल्मी वामीटक्सारमा दरमखोला लिफ्टिड० खानेपानीको मोटर भोलि जोडिँदै:युनिक खवर

लोकप्रसाद छन्तेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७,वामी टक्सारमा प्रयोग गर्दै आएको खानेपानीको मोटर भोलि जोडिने बताइएको छ।दरमखोला लिफ्टिड० खानेपानीको मोटर विगत १०दिन देखि बिग्रिएको र त्यस लाई मर्मत गरी भोलि जडान गर्न लागिएको समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले युनिक खबर डट कम लाई बताउनु भएको छ।

दरमखोला लिफ्टिङ खानेपानी अन्तर्गत बजार लगायत वडा नं ७ का करिब १४० घरका उपभोक्ताहरुले पानी प्रयोग गर्दै आएको बताइएको छ।विगतमा पनि पटक पटक मोटर बिग्रेर यस प्रकारको समस्या हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ।

यस लिफ्टिङ खानेपानी आयोजनाको मोटर किन पटक-पटक बिग्रँदै आएको छ भन्ने युनिक खबर डटकम ले अध्यक्ष मोहनलाल श्रेष्ठ सँग गरेको प्रश्नमा अध्यक्ष श्रेष्ठको जवाफ यस्तो छ:"विगतमा पनि धेरैपटक मोटर बिग्रेको साँचो हो।यस लाई हामीले मर्मत गरेर प्रयोग गरेका छौं।पहिलो पटक मर्मत गरेपछि २-३ महिना चल्यो र फेरि बिग्रन पुग्यो। अहिले पनि हामीले यश लाई मर्मत गरेर प्रयोग मा ल्याउँदै छौं।भोलि मिटर जोडिनेछ र सेवा सुचारु हुनेछ"श्रेष्ठ भन्नु हुन्छ वर्षाको समयमा खोलाले लेदो माटो ल्याई मोटरमा पर्ने र त्यो माटोले वासर बिग्रिन गई मोटर मा समस्या आएको हो।

यो लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत हरेक उपभोक्ताले ३० हजारदेखि ४० हजार सम्म शेर लगानी गरेको र विगत सात वर्षदेखि यो आयोजना सञ्चालनमा आएको बताइएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको