एमाले मुसिकोट नगरसचिवालयको बैठक वामिटक्सारमा सम्पन्न

युनिक खबर✍️

नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुसिकोटको सचिवालय बैठक वामीटक्सारमा सम्पन्न भएको छ।मुसिकोट नगरपालिका भित्रका प्रत्येक वडाहरुमा नेकपा एमालेलाई सुदृढ पार्टीको रुपमा अगाडि बढाउने उद्देश्यका साथ बैठकको आयोजना भएको नगर पार्टी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो।

पार्टीको सचिवालय बैठकले युवा संघको नगरअधिवेशन यही पुस १७ गते शनिबार वामीटक्सारमा भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको नगर अध्यक्ष काफ्लेले बताउनुभयो ।अध्यक्ष काफ्लेका अनुसार नेकपा एमाले मुसिकोटले अब पार्टीका सम्पूर्ण भातृसंगठनहरु को सम्मेलनहरु भब्यताका साथ सम्पन्न गर्नेछ। अध्यक्ष काफ्लेका अनुसार नेकपा एमाले मुसिकोटले अब प्रत्येक वडाहरुमा रहेका पार्टी संगठित सदस्यहरु सम्म पुग्ने, जनताका समस्याहरु पहिचान गर्ने,ती समस्याहरुको समाधानका लागि पार्टीले आवश्यक पहलकदमी लिने छ।

नेकपा एमालेको प्रथम मुसिकोट नगर अधिवेशन सम्पन्न भएपश्चात् एमाले मुसिकोट ले आफ्ना कार्यक्रम लाई युद्धस्तरमा अगाडि बढाएको छ। गतिशील र अनुशासित पार्टी को रुपमा रहेको एमाले मुसिकोटले आफ्ना कार्यक्रम लाई तीव्रताका साथ अगाडि बढाउदा कार्यकर्ताहरु उत्साहित छन।

सचिवालय बैठकमा जिल्ला पार्टी सचिव सोमनाथ सापकोटा, मुसिकोट नगरका पार्टी इन्चार्ज जीवन खरेल लगायतको विशेष उपस्थिति रहेको थियो।

सचिवालय बैठकको संचालन नगर पार्टी सचिव गोपीकृष्ण खरेलले गर्नुभएको थियो भने अध्यक्षता पार्टी अध्यक्ष प्रकाश काफ्लेको रहेको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।