जनसेवामा नेकपा एमाले

कृष्ण अन्जान ✍️

दुई वर्ष अगाडि रुरुक्षेत्र गाउँ पालिका १ च्यूृरेक चितपाने टाेलका दृष्टिविहिन परिवारकाे खेतमा जाने कुलाे रातामाटा तालखाेला भँगेरीडाँडा सडक खन्दा पुरियाे ।

त्यहि कुलाे मर्मतका लागि याे परिवारले हार गुहार गरेपछि त्यहि वर्ष रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलकाे पहलमा पाँचथान जालिकाे व्यवस्थापन भए सँगै केही भाग मर्मत भयाे ।

तर भत्किएकाे र पुरिएकाे कुलाकाे सबै भाग बनाउन चाहिने अझै अावस्यक जालिका लागि याे परिवारकाे हारगुहार चलि रह्याे ।स्थानीय निकाय जन प्रतिनिधि जताततै धाउँदा पनि अावस्यक ग्याभिँग जालि पाउन नसकेकाे याे परिवार अन्तत नेकपा एमाले रुरुक्षेत्र वडा न १ कमिटिकाे ढाेका ढक्ढक्याउन वाध्य भएकाे छ ।

दृष्टिविहिन परिवारले अाफ्नाे १५ मुरि धान उत्पादन हुने खेतमा जाने कुलाे मर्मत गर्न ग्याभिँग जालिका लागि एमाले पार्टीकाे रुरुक्षेत्र १ कमिटीले बिसहजारकाे लागतमा चारथान जालि याे परिवारलाई उपलब्ध गराएर सहयाेग गरेकाे छ ।

हामीले स्थानिय निकाय वडाका जन प्रतिनिधि हरु सँग भन्यौ तर सुनुवाई नभएपछि नेकपा एमालेकाे गाउँ कमिटीलाई भने पछि हाम्रो माग सुनुवाइ भएकाे छ दृष्टिविहिन मुमेश्वर ज्ञवालीले भने ।

हाम्राे मागलाई तत्काल सम्बाेधन गरेर एमाले जनता प्रति जिम्मेवार भएकाे हामीले बुझ्यौँ ज्ञवालीले भने ।

खेतमा कुलाे पुरिएर समस्या भएकाे बताएपछि नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाका पदाधिकारीहरुले पैसा उठाएर जालि याे परिवारलाई चार थान ग्याभिँग जालि उपलब्ध गराएका हौँ रुरुक्षेत्र गाउँ कमिटी १ का अध्यक्ष नवराज विकले भने ।

जनताका समस्या सँग एकाकार हुनुपर्छ भन्ने एमालेकाे धारणा छ र यहि कुरा सँग नजिक रहेर हामिले जनताका समस्या सम्बाेधनका कार्य गरिरहेका छौँ अध्यक्ष विकले भने ।

नेकपा एमाले रुरुक्षेत्र १ वडा कमिटीकाे पहलमा शवदाह स्थल रुरुधाम कालिगण्डकी तटमा लाईटिँग स्थानिय रुरु प्राथमिक स्वास्थ केन्द्रकाे हातामा बिरामी र बिरामीका कुरुवाका लागि विश्राम गृह निर्माण तथा गुल्मी प्रवेशद्वारकाे मर्मत र जिर्णाेद्वार गरिसकेकाे छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।