महत्वपूर्ण निर्णय गर्दै नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न

अनिल खत्री✍

 गुल्मी । नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले बिभिन्न निर्णहरु गरेको छ ।

बैठकले पार्टी बिभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको छ । बैठकले आगामी कात्तिक ६ गते जिल्लाका ९३ वटा वडामा अधिबेशन गर्ने र कात्तिक ९ गते नगरपालिका र गाउँपालिकामा अधिबेशन गर्ने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।

त्यस्तै असोज २० गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने समय अबधी तोकेको छ । असोज १५, १६ र १७ गते काठमाडौंमा हुने बिधान महाधिबेशनमा जिल्लाबाट सहभागित जनाउने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव बिश्वकर्माले बताए ।

बैठकले जिल्लाका १२ वटा स्थानीय तहको इन्चार्ज तोकेको छ । जसमध्ये कालिगण्डकी गाउँपालिकामा टिकाराम ढकाल, सत्यवति गाउँपालिकामा अम्मर सिंजाली, चन्द्रकोट गाउँपालिकामा चेतन बस्नेत, रुरुक्षेत्र गाउँपालिकामा हिमाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्तै छत्रकोट गाउँपालिकामा बिष्णु पौडेल, गुल्मीदरवार गाउँपालिकामा कृष्ण सुनार, रेसुङ्गा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा जीवन खरेल, धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मदाने गाउँपालिकामा केशव चन्द, इस्मा गाउँपालिकामा लक्ष्मण पराजुली र मालिका गाउँपालिकामा रितबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको पार्टी उपसचिव बिश्वकर्माले बताए । बैठकले पार्टीलाई एकता बद्ध बनाउदै पार्टी कामलाई शसक्त ढंगले सम्पूर्ण कार्यकर्ता माझ लैजाने निर्णय गरेको छ ।

बैठक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जिल्लाका नेता कमलराज श्रेष्ठ लगायत सचिवालयमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।