काेभिड १९ काे खाेप रिडीमा शुरु,बृद्ध बृद्धलाई खाेप केन्द्र सम्म पुग्नै समस्या

कृष्ण अन्जान

काेभिड 19 काे प्रथम चरणकाे खाेप कार्यक्रम अाइतवार देखि रुरुक्षेत्र गाउँपालिका वडा न १ काे रिडी प्राथमिक स्वास्थ केन्द्र मा शुरु भएकाे छ ।वडा भित्रका ६५ वर्ष पुगेका नागरिक हरुलाइ लक्षित शुरु गरिएकाे खाेप कार्यक्रम काे रुरु १ का वडाध्यक्ष रामलाल विश्वकर्माले कार्ड हस्तान्तरण र प्राथमिक स्वास्थ केन्द्र कि कर्मचारी कमला थापाले खाेप लगाए पछि बिधिवत शुरु भएकाे छ ।

पहिलाे दिन साविक रुरुक्षेत्र १ ,२ र तिनका ६५ वर्ष पुगेका बृद्धअबश्था का नागरिक हरुलाइ खाेप लगाउने कार्य जारी छ ।खाेप प्रकृया भाेलि पनि जारि रहने साविक ४,५ र ६ का लागि रिडीमा र साविक ७,८र ९ का बासिन्दा लाई भटकुवा काे स्वास्थ चौकिमा खाेप लगाउने व्यवस्था गरिएकाे छ ।

मुख्य रुपले रुरु १ काे च्यूरेक क्षेत्रमा सरकारी स्वास्थ नहुँदा त्याे क्षेत्रका बृद्ध बृद्धा हरुलाइ खाेपकै लागि रिडी पुग्न गाह्राे भएकाे र खाेप लाउन अाउनेले कम्तिमा पनि ल्याउने र लाने व्यवस्था हुनुपर्ने गुनासाे बृद्धअबश्थाका बा अामा ले गरेका छन ।

घरमा एक्लै बस्ने बा अामाहरुलाइ खाेप केन्द्रमा ल्याउने र लाने व्यवस्था नहुँदा काेभिड 19 काे खाेप लाउन बाट बन्चित हुन सक्ने पनि देखिएकाे छ ।सरकारले भ्याक्सिनकाे मात्र व्यवस्था गरेकाे तर ल्याउने र लाने कामका लागि व्यवस्था नगरेकाेले व्यवस्था मिलाउन नसकेकाे रुरु प्राथमिक स्वास्थ केन्द्र का स्वास्थ प्राविधिक मनाेज गिरीले बताउनु भयाे ।

भट्कुवा र च्यूरेक बा रिडी पुग्न बराबर समय लाग्छ , भटकुवामा सरकारी स्वास्थ सँस्थाकाे व्यवस्था हुँदा च्यूरेकि जनता भने विभेद मा परेकाे च्यूरेक बासिकाे छ ।नागरिक हरुलाइ सहज हुने गरि सबै सँरचना हरुकाे निर्माण र व्यवस्था गरिनु पर्छ तर हात मिलाउने र बात मिलाउने राजनैतिक सँस्कार का कारण पनि च्यूरेकि जनता सूलभ स्वस्थ्य सेवा बाट बन्चित हुनु परेकाे च्यूरेकि जनताको बुझाइ छ ।

याे क्षेत्रका बृद्द बा अामाहरु नसकेरै पनि खाेप लगाउन रिडीबजार झर्न बाध्य भएकाे उनिहरुले गुनासाे गरेकाेछन।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको